NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
FEATUREसमाचार

ग्रेडिङबाट पारिश्रमिक पाउने भएपछि महिला क्रिकेटर उत्साहित

1 Mins read

काठमाडौं । गत मंगलबार बसेको नेपाल क्रिकेट संघको बोर्ड बैठकले महिला क्रिकेटरलाई ग्रेडिङ गरेर पारिश्रमिक निर्धारण गरेको छ । तीन श्रेणीमा ग्रेडिङ गर्दा १९ महिला खेलाडी समावेश भए । पुरुष क्रिकेटरलाई भने यसअघि ग्रेडिङ गरेर पारिश्रमिक प्रदान गर्दै आएको संघको निर्णयबाट महिला क्रिकेटरले सुरुआत राम्रो भएको प्रतिक्रिया दिएका छन् ।

भदौ दोस्रो सातालाई तय भएको क्यानको बोर्ड बैठक कोरोनाका कारण स्थगित भएको झन्डै बीस दिनपछि मंगलबार चितवनमा सम्पन्न भयो । साधारणसभाको मिति तय हुँदा बैठकमा खेलाडीको ग्रेडिङ, राष्ट्रिय प्रतियोगिता आयोजना लगाएतका विभिन्न विषय पारित भए । यो सँगै क्रिकेट चलायमान हुने अपेक्षा गरिएको छ । महिला क्रिकेटरलाई अगामी दिन अझै व्यवसायिक र महिला क्रिकेटको अभिबृद्धिका लागि महिला खेलाडिलाई तलब सुविधा दिने लगायतका निर्णय भएको नेपाल क्रिकेट संघ ९क्यान० का अध्यक्ष चतुरबहादुर चन्दले बताए ।

महिला क्रिकेट विकासका लागि चालिएको यो महत्वपूर्ण कदमको महिला क्रिकेट टोलीकी कप्तान रुबिना क्षेत्री बेलवासेले स्वागत योग्य भएको बताए । महिला क्रिकेटमा लागेको लामो समयपछि महिला क्रिकेटले अगामी दिनमा फड्को मार्ने अपेक्षा व्यक्त गरिन् ।

त्यसो त नेपाल महिला क्रिकेट टोली दक्षिण एसियमा बलियो टिमका रुपमा हेरिन्छ । प्रचुर सम्भावना हुँदाहुँदै पनि उपेक्षित रहँदैे आएको छ । न्युन अन्तर्राष्ट्रिय सहभागितामा पनि महिला टोलीले राम्रो प्रदर्शन गर्दै आएको छ । साँघुरो पूर्वाधारका बावजुद पनि महिला क्रिकेटले अन्तर्राष्ट्रिय स्तरमा राम्रो छाप छोडिरहेका छन् ।

कप्तान रुबिनाले भने जस्तै उपकप्तान सीता रानामगरले पनि ग्रेडिङ गरि महिला खेलाडीलाई पारिश्रमिक प्रदान गर्नु सकारात्मक भएको प्रतिक्रिया दिइन् । अन्तर्राष्ट्रिय नियमक निकाय अन्तर्राष्ट्रिय क्रिकेट परिषद् ९आईसिसि०को लामो प्रतिबन्धपछि फुकुवा भएको क्यानले आगामी दिनमा महिला क्रिकेटलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाएको छ । कप्तान रुबिनाले नेपाली महिला क्रिकेटको स्तर बढवाका लागि आगामी दिनमा अन्तर्राष्ट्रिय स्तरका अनुभव र घरेलु प्रतियोगितामा ध्यान दिनुपर्ने बताइन् ।

नेपालमा महिला क्रिकेटरको तुलनामा पुरुष क्रिकेटले फड्को मारिसकेको छ । तर महिला टोली पनि कम छैन् । मौका र यथेस्ट प्रतियोगिताबाट अनुभव पाए नेपाली महिला क्रिकेटले नेपालको नाम चम्काउनेमा कसैको दुई मत छैन ।

राताेपाटीबाट

Related posts
FEATURE

दक्षिण भारतीय राज्य केरला चरम गरिबीमुक्त हुने पहिलो भारतीय राज्य बनेको छ

1 Mins read
आवर बेलका/केरला बन्यो चरम गरिबीमुक्त पहिलो भारतीय राज्य दक्षिण भारतीय राज्य केरला चरम गरिबीमुक्त हुने पहिलो भारतीय राज्य बनेको छ। मुख्यमन्त्री पिनारायी…
समाचार

बुद्ध चोकमा भगवान बुद्धको मूर्ति अनावरण

1 Mins read
रामपुर- बेलका नगरपालिका-३ स्थित बुद्धचोकमा भगवान बुद्धको मूर्ति अनावरण गरिएको छ । बेलका नगरपालिकाका नगर प्रमुख अशोक कार्कीले बिहीबार बुद्ध मूर्तिको अनावरण…
FEATUREसमाचार

मोबाइल पत्रकारितामा बेलकाका युवाको आकर्षण, पाँच दिने मल्टिमिडिया प्रशिक्षणमा २५ युवा सहभागी

1 Mins read
रामपुर– बेलका मिडिया प्रालिको आयोजनामा ५ दिनसम्म आयोजना गरिएको मल्टिमिडिया मोबाइल पत्रकारिता तालिमको सोमबार समापन गरिएको छ । बेलकाका २५ युवा सकृयतापूर्वक…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *