बेलका नगरपालिका वडा नं ३ कालिखोलामा रहेको राधाकृष्ण मन्दिर ब्याबस्थापन तथा स्तरौन्नतिको लागि सहयोग प्राप्त भएको छ।
वडा नं ३ कालिखोला निवासी मन कुमार पौडेलले साउदी अरब बाट आफू र आफ्ना साथिहरु बाट रु १ लाख २ हजार ८ सय ९० रुपैयाँ रकम संकलन गरि परिवारको हात बाट मन्दिर ब्याबस्थापन समितिका अध्यक्ष सुमन सागर खतिवडा लाई हस्तान्तरण गरेका छन।
सनिबार मन्दिरमा एक औपचारिक कार्यक्रमका बिच पौडेलको श्रीमति र आमाको हात बाट रकम हस्तान्तरण गरिएको हो।
सहयोगी भावना भएका पौडेलले आफ्नो ठाउँको बिकासका लागि आफुले सक्ने सहयोग गर्ने र आफ्नो ठाउको बिकासका लागि सबै आ आफ्नो स्थान बाट अघि बढे बिकासमा गति लिन सक्ने बताएका छन।
पौडेलले यश अघि पनि मन्दिरलाइ सहयोग गर्दै आएका थिए।
संकलित रकम बाट मन्दीर संङ्गरोकन र सौचालय निर्माण गर्ने राधाकृष्ण मन्दिर ब्याबस्थापन समितिका अध्यक्ष सुमन सागर खतिवडाले बताए।




