उदयपुर जिल्ला बेलका नगरपालिका साविक तपेस्वरी गाबिस हाल बेलका १,२ वार्डका जम्मा ४ वटा बिध्यालयलाइ विषम परिस्थितिमा कोभिड -१९ को असरबाट गत चैत बाट देशैभरिका बिध्यालय बन्द छ्न भने कोरोना समाजमा दिनप्रतिदिन बढेको बढै छ !दिनहु २ हजारको संख्यामा रोगी बढिरहेको अवस्था र आफ्नै नगरपालिकामा समेत मेयर लगायत ६ जनालाइ कोरोना पोजेटिभ भेटिएपछि पुर्व विद्यार्थी समाज द्वारा तपेस्वरिको ४ बिध्यालयलाइ थर्मल गन,स्यानिटाइजर,गोल्बस ,मास्क,डिटोल्स लगायत आवश्यक पर्ने सामग्री आज एक कार्यक्रम गरि बितरण गरिएको बताय पहलकर्ता कुबेर लुइँटेलले !जसमा चन्द्रेस्वर आधारभुत बिध्यालय ,बेलका माबी पुरन्दह,सप्तकोसी माबी पुरन्दह ,देवनारायण चौधरी माबी आम्बासी लाइ बितरण गरेको हो! यश सस्थाले बेलका नगरपालिकामा पहिलो पटक फुड बैंक स्थापन गरि बितरण समेत गरिसकेको छ भने यश कार्यलाइ निरंतरता दिने बताय!देश बिदेशमा बस्ने नेपाल बस्ने अधिकान्सले यश कार्यमा सहयोग गरेका थिय!बिध्यालयमा कोरोना त्रास नहोस भनेर सामाजिक दुरि कायम गरेर पठनपाठन सुचारु गर्नको लागि उक्त सामग्री सहयोग गरेको बताय कुबेर लुइँटेलले!


