NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
मनाेरञ्जन

हाम्रो शब्द फोटो प्रतियोगिता २०७७’ संचालन हुँदै

1 Mins read
  • रामधुनी । सुनसरीको रामधुनीबाट शुभयुग मिडिया (हाम्रो शब्द डट कम) प्रालिको आयोजनामा फोटो प्रतियोगिता हुने भएको छ ।
    आइतबार रामधुनीमा पत्रकार सम्मेलन गर्दै शुभयुग मिडिया प्रालिले ‘हाम्रो शब्द फोटो प्रतियोगिता २०७७’ संचालन गर्ने जानकारी दिएको छ ।
    प्रतियोगिता ०७७ असोज १८ गतेदेखि कार्तिक ३ गतेसम्म चल्ने छ । जसमा एकल वा जोडी दुवै फोटोलाई मान्यता दिइने छ । जसमा जुनसुकै उमेर समुहका महिला, पुरुष वा बालबालिकासमेत सहभागि हुने पाउँने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
    प्रतियोगितामा घरमै बसेर फेसबुक आइडिको म्यासेन्जर र इमेलमार्फत फोटा पठाई सहभागि बन्न सकिने छ ।
    कोरोना कहरले समुदाय आक्रान्त भएको बेलामा भिडभाडलाई निरुत्सान गर्ने उद्देश्यका साथ घरमै बसेरसमेत सहभागि बन्न सकिने खालको प्रतियोगिता संचालन गर्न लागिएको प्रालिका अध्यक्ष शिशिर भट्टराई बताउँछन् ।
    प्रथम हुनेलाई ११ हजार नगदसहित प्रमाणपत्र, फस्ट रनरअपलाई ७ हजार नगदसहित प्रमाणपत्र र सेकेन्ड रनरअपलाई ५ हजार नगदसहित प्रमाणपत्र प्रदान गरिने प्रालिद्धारा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।
    प्रतियोगितामा भाग लिन कुनै पनि प्रकारको शुल्क लाग्ने छैन । जुनसुकै उमेर समुहका ब्यक्तिहरुले पनि प्रतियोगितामा भाग लिन सक्नेछन् । आइतबारबाट नै फोटो पठाएर प्रतियोगितामा सहभागी बन्न सकिने प्रालिले जनाएको छ
    Hamro Sabda id अनि Hamrosabda24@gmail.com

Related posts
मनाेरञ्जन

कार्तिक १६ गते सुनसरीको चतरामा 'स्टोनस्किपिङ' प्रतियोगिता हुने

1 Mins read
सुनसरीको चतरामा स्टोन स्किपिङ च्याम्पियनसिप आयोजना हुने भएको छ । चतरा हाइकिङ समूहको आयोजना र ग्रामीण पत्रकार समूहको सहआयोजनामा चतरा नहरमा आगामी…
मनाेरञ्जनसमाचार

वाइवाई दोस्रो बेलका गोल्डकपकको उद्घाटन खेलमा जेएसवाइसी मोरङले जित्यो

1 Mins read
उदयपुरको बेलकामा सुरू भएको वाइवाई दोस्रो बेलका गोल्डकपकमा जेएसवाइसी मोरङले शानदार विजयी शुरूवात गरेको छ । लेकाली रंगशालामा सम्पन्न पहिलो क्वाटरफाइनलमा गोलबजार…
मनाेरञ्जन

बराहक्षेत्रलाई प्रथम बुद्ध मिनि गोल्ड कपको उपाधी

1 Mins read
बुद्ध एकता क्लबको आयोजना तथा बेलका नगर युवा तथा खेलकुद बिकास समितिको सह आयोजनामा सम्पन्न प्रथम बुद्ध मिनि गोल्ड कप २०८० को…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *