- रामधुनी । सुनसरीको रामधुनीबाट शुभयुग मिडिया (हाम्रो शब्द डट कम) प्रालिको आयोजनामा फोटो प्रतियोगिता हुने भएको छ ।
आइतबार रामधुनीमा पत्रकार सम्मेलन गर्दै शुभयुग मिडिया प्रालिले ‘हाम्रो शब्द फोटो प्रतियोगिता २०७७’ संचालन गर्ने जानकारी दिएको छ ।
प्रतियोगिता ०७७ असोज १८ गतेदेखि कार्तिक ३ गतेसम्म चल्ने छ । जसमा एकल वा जोडी दुवै फोटोलाई मान्यता दिइने छ । जसमा जुनसुकै उमेर समुहका महिला, पुरुष वा बालबालिकासमेत सहभागि हुने पाउँने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
प्रतियोगितामा घरमै बसेर फेसबुक आइडिको म्यासेन्जर र इमेलमार्फत फोटा पठाई सहभागि बन्न सकिने छ ।
कोरोना कहरले समुदाय आक्रान्त भएको बेलामा भिडभाडलाई निरुत्सान गर्ने उद्देश्यका साथ घरमै बसेरसमेत सहभागि बन्न सकिने खालको प्रतियोगिता संचालन गर्न लागिएको प्रालिका अध्यक्ष शिशिर भट्टराई बताउँछन् ।
प्रथम हुनेलाई ११ हजार नगदसहित प्रमाणपत्र, फस्ट रनरअपलाई ७ हजार नगदसहित प्रमाणपत्र र सेकेन्ड रनरअपलाई ५ हजार नगदसहित प्रमाणपत्र प्रदान गरिने प्रालिद्धारा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।
प्रतियोगितामा भाग लिन कुनै पनि प्रकारको शुल्क लाग्ने छैन । जुनसुकै उमेर समुहका ब्यक्तिहरुले पनि प्रतियोगितामा भाग लिन सक्नेछन् । आइतबारबाट नै फोटो पठाएर प्रतियोगितामा सहभागी बन्न सकिने प्रालिले जनाएको छ
Hamro Sabda id अनि Hamrosabda24@gmail.com
Discussion about this post