उदयपुर – उदयपुरको बेलका नगरपालिका र सुनसरीको बराहक्षेत्र नगरपालिका जोड्ने सप्तकोसी नदिमाथी पुल बनेसगै केही बर्ष देखि यश क्षेत्र घुम्न आन्तरिक तथा बाह्र पर्यटन आउन थालेको छ्न! सुनसरीको बराहक्षेत्र मन्दीर ,प्राचीन हरिद्वार,चतरा जलविद्युत,औलियाबाबा मन्दीर साथै उदयपुरको मैनामैनी क्षेत्र ,रङ्गमहल क्षेत्र ,माहान्काली मन्दिर ,प्यारागलाइडिङ ,पानीबोट यहाको आन्तरिक तथा बाहय पर्यटनको लागि आकर्षण गन्तव्य बन्दै आएको छ भने ,सप्तकोसीको माछा,लोकल कुखुरा ,स्थानीय उत्पादन गुन्द्रुक ,सिस्नो यहाको खाद्यान्नमा ब्रान्ड बनेको छ !एक नम्बर प्रदेशकै धेरै घुम्न आउने ठाउँ बनेको बताउछ्न सप्तकोसी अन्डर हिल होटलका सन्चालक राज बान्तवाले ! सुबिधा सम्मपन होटल हरियाली बाताबरण ,मनोरम दृश्य एकान्तनै कोसिपुल क्षेत्रको विशेषता रहेको छ ! पुर्वको बिराटनगर ,दमक ,बिर्तामोड ,इटहरी ,धरान सम्मका सयौ सर्बसाधरण यश क्षेत्र घुम्न आउछ्न र आफुले रोजेको खाने चिज कोसिपुल क्षेत्रका होटलमै पाइने हुदा गन्तव्य भएको बताउछ्न चुलो रेस्ट्रोका संचालक नदि राइ! हिउदमा कोसिक्षेत्रमा पिक्निक खान सयौको संख्यामा देशका विभिन्न ठाउबाट आउने गरेका बताइन गन्तव्य किचनकी संचालक देबि गिरिले ! नेपालमै पहिलो पटक संचालित पानीजहाज चडन ,हेर्नमात्रै दैनिक ५०० को हाराहारीमा आउने गरेको बताउछ पानीजहाज संचालक प्रेम राई !विशेषत कोसिपुल क्षेत्रमा माछाकै लागि परिचीत हुदैगएको छ विभिन्न ८/१० वटा होटेलमा १०० किलो भन्दा धेरै माछा खपत हुनेगरेको होटेल रङ्गमहलका संचालक मनिका राइले बताय! ट्रेकिङ्को लागि पैदल यात्रा प्यारागलाइडिङको लागि बोप्ताङ यहाको नौलो विशेषता हो! केही समयदेखी कोरोनाको महामारिले गर्दा सुस्ताएको कोसिपुल क्षेत्रमा आन्तरिक पर्यटकको संख्या बढेको हो! चैत देखि घरमानै बसिरहेको हुनाले घुम्नको लागि पहिलो रोजाइ कोसिपुल रहेको बताय वार्ड नम्बर ८ का अध्यक्ष जयकुमार राईले !कोसिपुल क्षेत्रमा चहलपहल बढेसगै स्थानीय सस्था नेप्सेको संयोजनमा सरसफाइ कार्यक्रम गरिएको बताय नेप्सेका अध्यक्ष सुशान्त राइले !उदयपुरकोको क्षेत्रमा खुला जमिन प्रसस्त ठाउँ समेत भएको हुदा चतरा भन्दा कोठुक्षेत्रमा होटल तथा विभिन्न संरचना खोलिएको हो! एक पटक कोसिपुलका होटलमा खायपछी अर्को पटक समेत आउ आउ हुने गरेको बताय बिराटनगरका युवा लभी साक्यले ! कोसिपुल क्षेत्रमा आन्तरिक तथा बाह्र पर्यटन भित्र्याउन गुरुयोजना समेत बनाइरहेको बताय बेलका नगरपालिका स्तरिय पर्यटन समितिका अध्यक्ष रमण भट्टराईले !


