NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
समाचार

१ नम्बर प्रदेशकै ठुलो योजना दुधकोसि नदिमाथी पुल बन्ने

1 Mins read

प्रदेश नम्बर १ का मुख्यमत्री शेरधन राईले दुधकोशी नदिमा बन्ने मोटरेबल पुलको शिल्यानास गरेका छन। भोजपुर जिल्लालाई तराई सँग जोड्ने उक्त पुल भोजपुर जिल्लाको हतुवागढी गाउपालिका वडा-९ स्थित चुहार र उदयपुरको बेलका-७ मैनामैनिमा लाग्ने छ। उदयपुर जिल्लाको बेलका नगरपालिका अन्तर्गत पर्ने मैनामैनी हुँदै तराईलाई जोड्ने पुलले भोजपुरको आर्थिक, सामाजिक, पर्यटन बिकास एबम समग्र बिकासमा टेवा पुग्नेछ प्रमुख अतिथी मुख्यमन्त्री शेरधन राईको रहेको उक्त कार्यक्रममा भोजपुरका प्रतिनिधि सभा सदस्य सुदन किरातको सेमत आतिथ्य रहेको थियो र प्रदेश सदस्य बिमल कार्कीको उपस्थिति रहेको थियो  । त्यस्तै भोजपुर र उदयपुरका प्र.जि.अ. हरु पनि उपस्थित रहेको थियोे !

टेन्डर प्राप्त गरेका कालिका कन्स्ट्रक्सनले पुल निर्माण कार्य अबको दुई बर्ष भित्रमा सम्पन्न भईसक्ने बताएको छ। शिलान्यास उत्घाटन समारोहमा हतुवागढी गाउपालिका प्रमुख प्रेम कुमार राई , कालिका/प्यासिफिक जे.भि.का आ.प्र. ठाकुर प्रसाद कडेल, पुर्बाधार बिकास कार्यलय भोजपुरका नि.का.प्रमुख ई.राजनराज रेड्डी, पुर्बाधार बिकास कार्यलय उदयपुरका नि.का.प्रमुख ई. जितेन्द्र कुमार कर्ण, LRBSU/SBCO इटहरी प्रमुख ई. मन्केश्वर ठाकुर समेत उपस्थित रहेका थिए ।

स्थानिय स्तरमा हुने बिकास कार्यमा स्थानियहरुको महत्वपूर्ण भूमिका रहन्छ। त्यसकारण यो पुल सफलतापुर्बक सम्पन्न गर्न सबैले चासो र सहयोगी भूमिका खेल्नु उपयुक्त हुनेछ। आफ्नो गाउ ठाउँको बिकासका लागि सबै तह र तप्कामा ब्यक्तिहरुले सरोकार राखी निर्माण कम्पनीको कामलाई अनुगमन गरी गुणस्तरीय बनाउन महत्वपूर्ण जिम्मेवारी बहन गर्नु आवश्यक छ । यो पुल निर्माण भए बिशेषगरी भोजपुरको दक्षिण भेग हतुवाबासीलाई प्रत्यक्ष लाभ मिल्नेछ भने समग्र भोजपुरको सम्रिद्धीका लागि कोशेढुङ्गो साबित हुनेमा द्विविधा छैन र उदयपुरको मैनामैनी देखि भोजपुर चुवारासम्म पिचको समेत कार्य हुदैआएको छ भने आउदो बर्ष आधिकाम सकिने छ !पर्यटन पुर्वधारमा उदयपुर र भोजपुर अगाडि छ्न! सम्भावना नै सम्भावना भएको उदयपुरको मैनामैनी सबैतिरबाट सेन्टर बनेको छ !यस क्षेत्रका लागि नेकपाका केन्द्रिय सदस्य भोजपुरका जनताको प्रिय् नेता अजम्बर काङ्माङ (राई) ले समेत बिकास निर्माण र भोजपुरको समृद्धलाई अगाडि बढाउन अहोरात्र लागिपरेका छ्न!!

Related posts
समाचार

बुद्ध चोकमा भगवान बुद्धको मूर्ति अनावरण

1 Mins read
रामपुर- बेलका नगरपालिका-३ स्थित बुद्धचोकमा भगवान बुद्धको मूर्ति अनावरण गरिएको छ । बेलका नगरपालिकाका नगर प्रमुख अशोक कार्कीले बिहीबार बुद्ध मूर्तिको अनावरण…
FEATUREसमाचार

मोबाइल पत्रकारितामा बेलकाका युवाको आकर्षण, पाँच दिने मल्टिमिडिया प्रशिक्षणमा २५ युवा सहभागी

1 Mins read
रामपुर– बेलका मिडिया प्रालिको आयोजनामा ५ दिनसम्म आयोजना गरिएको मल्टिमिडिया मोबाइल पत्रकारिता तालिमको सोमबार समापन गरिएको छ । बेलकाका २५ युवा सकृयतापूर्वक…
FEATUREसमाचार

झोलुङ्गे पुलले जोडिँदै चतराधाम र महाङ्काली मन्दिर

1 Mins read
रामपुर– सप्तकोशी नदीले छुट्याएको सुनसरी र उदयपुरका धार्मिक तीर्थ जोड्न झोलुङ्गे पुल लगाइने भएको छ । सुनसरीको चतराधाम र उदयपुरको बेलकातर्फ पर्ने…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *