NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
राजनीति

सभापति लड्न खड्कालाइ चर्को दबाब

1 Mins read

काठमाडौं / नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यसमितिका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूमध्ये बीपी कोइराला, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईका सच्चा अनुयायी कति जना होलान् ?
यतिबेला बीपी र किशुनजीको विचारका अनुयायी नेताहरू मूल प्रवाहभन्दा केही किनारातर्फ पुगेका छन् । केन्द्रीय समितिका नेताहरूमध्ये महामन्त्री पूर्णबहादुर खड्का तथा नेताहरू ज्ञानेन्द्रबहादुर कार्की र डा. नारायण खड्कालाई किशुनजीका सच्चा हिमायती नेताका रूपमा लिइन्छ । तर पूर्ण खड्का बीपी र किशुनजीको विचारको ‘समयसापेक्ष विश्लेषण’ तथा कार्यान्वयनको पक्षमा हुनुहुन्छ । केन्द्रिय नेताहरूमा डा. नारायण खड्का, तरुण विभागका प्रमुख शङ्कर भण्डारी र कुलबहादुर गुरुङ बीपी र किशुनजीलाई जस्ताको त्यस्तै अनुशरण गरिनुपर्छ भन्ने मान्यता राख्नुहुन्छ । डा. प्रकाशशरण महत, एनपी साउद, गुरुराज घिमिरे र चन्द्र भण्डारीचाहिँ हिन्दूराष्ट्रको पक्षमा रहँदै आउनुभएको छ भने दिलेन्द्रप्रसाद बडु र बद्री पाण्डेले पनि अहिलेसम्म धर्मनिरपेक्षता र सङ्घीयताको पक्षमा वकालत गरेको सुनिँदैन ।
केन्द्रीय समितिभन्दा बाहिरका राष्ट्रिय नेताहरू तारानाथ रानाभाट, लक्ष्मणप्रसाद घिमिरे, विपिन कोइराला, गोविन्दराज जोशी (हाल कारबाहीमा परेका), चिरञ्जीवी वाग्ले, सुनिल भण्डारी, शिवराज जोशी, चन्द्रसिंह भण्डारी  रेवती भुसाललगायतलाई बीपी र किशुनजीका सच्चा समर्थकका रूपमा लिइन्छ । यद्यपि उहाँहरूमध्ये धेरैजसो कुनैबेला किशुनजी र गिरिजाप्रसाद कोइरालाबीच मतभिन्नता प्रकट हुँदा अधिकाङ्शले आफूलाई कोइरालाका पक्षमा उभ्याउनुभएको थियो । २०६३ पछि उत्पन्न नयाँ राजनीतिक परिस्थितिमा एक समय किशुनजीका आलोचक रहेकाहरूले पनि अहिले बीपीसँगै किशुनजीलाई समर्थन गर्न थालेका छन् ।
मन्त्री भएर पनि कुनै प्रकारको विवादमा नपरेका नेताहरूमा महामन्त्री पूर्ण खड्का र नारायण खड्काको नाम विशेष रूपमा लिइन्छ । दुई नेतामध्ये डा. नारायण खड्का संसदीय प्रजातन्त्र, एकीकृत सार्वभौमसत्ता र हिन्दूराष्ट्रको पक्षमा दृढतापूर्वक अघि बढ्ने पक्षमा रहनुभएको बुझिन्छ । कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री रहनुहुँदा उहाँको राजनीतिक सल्लाहकार तथा पछि शहरी विकास मन्त्रीको भूमिका कुशलतापूर्वक निर्वाह गर्नुहुने नारायण खड्का आगामी महाधिवेशनमा कुन पदीय जिम्मेवारीका निम्ति अघि सर्नुहुने भन्ने यकीन भइसकेको बुझिँदैन, तर खड्का कुनै पनि तहको जिम्मेवारीका निम्ति प्रतिष्पर्धा गर्ने मानसिकतामा रहनुभएको बुझिएको छ । किशुनजीका अनुयायी पूर्णबहादुर खड्काले अहिलेसम्म मुख खोल्नुभएको छैन । तर उहाँबाट उपसभापतिमा उम्मेवारी दिइन सक्ने अनुमान गर्न थालिएको छ । ज्ञानेन्द्रबहादुर कार्की भने महामन्त्रीको उम्मेदवार बन्नुहुने निश्चित मानिएको छ ।
हिन्दूराष्ट्र र एकीकृत सार्वभौमिकताको कट्टर हिमायती शंकर भण्डारीले के पदमा उम्मेदवारी दिने भन्ने यकीन छैन । हिन्दूराष्ट्रका पक्का हिमायती डा. प्रकाशशरण महत र एनपी साउदले महामन्त्रीमा उम्मेदवारी दिने तयारी गर्नुभएको बुझिन्छ । बीपीका सच्चा अनुयायीहरू तारानाथ रानाभाट, कुलबहादुर गुरुङ, विपिन कोइराला र लक्ष्मणप्रसाद घिमिरेले कुन जिम्मेवारीका निम्ति आफूलाई अग्रसर बनाउनुहुने हो सो स्पष्ट भइसकेको छैन । सुनिल भण्डारी, चन्द्रसिंह भट्टराई, शिवराज जोशी, रेवती भुसाल, गुरुराज घिमिरे, दिलेन्द्रप्रसाद बडु र बद्री पाण्डेलगायतले भने केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिनुहुने सम्भावना छ
काङ्ग्रेसको महाधिवेशनमा हिन्दूराष्ट्र पक्षधर राष्ट्रवादी प्रतिनिधिहरूको मत प्राप्त गर्नका लागि मात्र पनि केही नेताहरूले हिन्दूत्वका पक्षमा ‘मौसमी बोली’ बोल्ने सम्भावना बढेको छ । डा. शशाङ्क कोइराला, डा. शेखर कोइराला, बालकृष्ण खाणलगायतका एकथरी नेताहरूले ‘हिन्दूराष्ट्र हुनुपर्छ’ भनेर कतै बोल्नुभयो भने आश्चर्य हुने छैन । उहाँहरूकै शैली अरु केही नेताहरूले पनि अनुशरण गर्ने सम्भावना देखिँदैछ । देशलाई साँच्चै हिन्दूराष्ट्र बनाउनुपर्छ भन्ने केन्द्रीय सदस्यहरूमा डा. नारायण खड्का, शङ्कर भण्डारी र एनपी साउद मात्र भएको विश्वास गरिन्छ ।
वरिष्ठ नेताहरू शेरबहादुर देउवा, गोपालमान श्रेष्ठ, डा. रामशरण महत, अर्जुननरसिंह केसी, प्रकाशमान सिंह, डा. शशांक कोइराला, डा. शेखर कोइराला, रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाले सभापति पदमा उम्मेदवारी दिने मानसिकता बनाएको बुझिँदैछ । उहाँहरूमध्ये कसैले पनि हिन्दूराष्ट्रको एजेण्डा बनाउने विश्वास अहिलेसम्म गरिएको छैन । रामचन्द्र पौडेल, गगन थापा, आरजु राणा, डा. मीनेन्द्र रिजाल, कृष्ण सिटौला, विमलेन्द्र निधि र सुनिल थापालाई प्रचण्डपथीय शैलीमा धर्मनिरपेक्षता, जातिवादी आरक्षणवाद र सङ्घीयताको सबैभन्दा कट्टर हिमायतीका रूपमा लिइन्छ । उहाँहरूमध्ये गतिशील नेताका रूपमा चिनिएका डा. मीनेन्द्र रिजालले डा. शशाङ्क कोइरालाको टिमबाट महामन्त्रीको उम्मेदवारी दिनुहुने निश्चित मानिएको छ । त्यस्तै बाह्रबुँदे सम्झौतामा महत्वपूर्ण भूमिका निर्वाह गर्ने डा. अमरेशकुमार सिंहले सह–महामन्त्री र गगन थापाले महामन्त्रीमा डा. शेखर कोइरालाको टिमबाट उम्मेदवारी दिने निश्चित मानिएको छ ।
डा. नारायण खड्का, एनपी साउद, शङ्कर भण्डारी, विपिन कोइराला, कुलबहादर गुरुङ र लक्ष्मणप्रसाद घिमिरेलगायतका नेताहरूलाई मिल्ने मतका आधारमा काङ्ग्रेसभित्र बीपी विचार र किशुनजीको मूल्य–मान्यताको स्थिति मूल्याकङ्न गर्न सकिने अनुमान विश्लेषकहरूको छ भने डा. नारायण खड्काले उदयपुर निर्वाचन क्षेत्रबाट लगातार ३ पटक समस्दिय निर्वाचन जितेका छ्न भने उक्त क्षेत्रका बिकासबादी नेताको उपनामले परिचीत छ्न !राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कुटनैतिक सम्बन्ध राम्रो रहेका खडकालाइ कार्यक्रर्ता तहबाट सभापति लड्नको लागि चर्को दबाब छ !कांग्रेसमा प्रष्ट गुट देखिएको हुदा र तत्कालीन सभापति किसुनजिको लाइनबाट जसरी पनि समेट्न सामाजिक सन्जाल तथा कांग्रेस नेताबाट दबाब हुँदै आएको छ र उक्त ब्याक्ती नारायण खड्का मात्र हुन!कोइराला परिवार ,देउवा बाट कांग्रेस अगाडि नबढेकोमा हजारौ कार्यकर्ता दुखित छन भने किसुनजी सभापति भएको बेला नेपाली कांग्रेस पहिलो दल भएको हुदा समेत उक्त पात्र उक्त टिमको प्रतिनिधित्व गर्ने निस्कलङक ,बिकासप्रेमी बुद्धिजीवी ,बैचारिक ब्याक्ती डाक्टर नारायण खड्का नै हुन! खड्का भन्दा २० औ बरियता तल रहेका कोइरालागुट बाट सेखर सभापतिको लागि देश दौडामा छ्न भने खडका हालसम्म कुनै गुट्मा नरहेको र सभापति भय टुट,फुट,गुट्लाइ एकढिक्का बनाएर लैजानेमा नेपाली कांग्रेस केन्द्रिय समित तथा राष्ट्रिय ,अन्तर्राष्ट्रिय स्तरमा बहस सुरुभएको छ !

Related posts
राजनीति

जेनेभाको आजीवन प्रतिवन्धमा परे सुदर्शन र भूपतिलाल, रेडक्रसलाई पनि केही हप्तामै प्रतिबन्ध लाउने चेतावनी

1 Mins read
आवर बेलका/राजनीतिक भागबन्डा र मुद्दा मामिलाबाट थिलथिलो पारिएको नेपाल रेडक्रसका समस्याहरूलाई इमानदारीपूर्वक समाधान नगरे प्रतिबन्धका लागि सिफारिस गर्ने चेतावनीयुक्त पत्र रेडक्रसको अन्तर्राष्ट्रिय…
राजनीति

नेकपा माओवादी केन्द्र बेलका नगरकमिटिको संसदीय दलको बैठक सम्पन्न

1 Mins read
आवर बेलका/असार ८ नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र बेलका नगर संसदीय दलको बैठक असार ८ गते सनिवार पार्टी कार्यलय रामपुरमा बसेको हो।।…
राजनीति

नेकपा एमाले बेलकाको अध्यक्षमा हिराजंङ्ग राई अन्य पदमा को निर्वाचित भय?

1 Mins read
नेकपा एमाले बेलका नगरपालिका कमिटीको अध्यक्षमा हिराजङ्ग राई चयन भएका छन्। एमाले नगरपालिका कमिटीको शुक्रबार रामपुरमा सम्पन्न दोस्रो अधिवेशनले राईलाई अध्यक्षमा सर्वसम्मत…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *