Site icon Our Belaka

दिल्लीद्वारा बैंगलौर पराजित, दुबै टिम प्लेअफका लागि छनोट

दिल्ली क्यापीटल इन्डियन प्रिमियर लिग (आईपीएल)को क्वालिफायरमा प्रवेश गरेको छ ।अबुधाबीस्थित शेख जायद रंगशालामा सोमबार भएको म्याचमा रोयल च्यालेन्जर्स बैंगलौरलाई ६ विकेटले पराजित गरेर १६ अंक सहित दिल्लीले क्वालिफायर यात्रा सुनिश्चित गरेको हो ।बैंगलौरले दिएको १५३ रनको लक्ष्य दिल्लीले चार विकेटको क्षतिमा १९ औं ओभरमा पुरा गरेको हो ।अंक तालिकाको शीर्षस्थानमा रहेको मुम्बई इन्डियन्स र दिल्लीबीच आगामी बिहीबार दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा क्वालिफायर–१ मा प्रतिस्पर्धा हुनेछ । विजेता फाइनल प्रवेश गर्नेछ भने पराजित टीमले इलिमिनिटर विजेताबीच खेल्नेछ ।दिल्लीसँग पराजित भएको बैंगलौरको पनि प्लेअफको स्थान सुरक्षित भएको छ । कोलकाता नाइट राइडर्ससँग समान १४ अंक भए पनि नेट रन रेटको आधारमा बैंगलोर तेस्रो स्थानमा छ ।बैंगलौरले शुक्रबार कोलकाता र सनराइजर्स हैदरावाद मध्ये एक टीमसँग अबुधाबीमा इलिमिनिटरमा खेल्नेछ ।प्लेअफमा पुग्न मंगलबार हैदरावादले शीर्षस्थानको मुम्बईलाई पराजित गर्नुपर्नेछ । मुम्बईले हैदरावादलाई हराएको अवस्थामा भने कोलकता प्लेअफमा पुग्नेछ ।१२–१२ अंक जोडेको किंग्स इलाभेन पञ्जाब, चेन्नाई सुपर किंग्स र राजस्थान रोयल्स भने प्लेअफ दौडबाट बाहिरिसकेको छ ।

Exit mobile version