सुमन सागर खतिवडा / कोरोनाको त्रासले अहिले मानिसलाई एउटा पाठ भने पक्कै सिकाएको छ, त्यो हो आत्मनिर्भता ।
कृषिप्रधान मुलुकमा कृषिजन्य सामानको आयात नै ७० प्रतिशतभन्दा बढी छ मुलुकमा । दिन प्रति दिन कृषकहरू कृषि पेसाबाट पलायन हुँदै छन् । यस्तो अवस्थामा मुलुकको आत्मनिर्भता थप खस्कँदो अवस्थामा छ ।
अहिले अधिकांश शहरमा बसोवास गर्दै आएका सर्वसाधारण गाउँ गएका छन् । अधिकांशले खेतीपाती गर्न थाली पनि सकेका छन्, लकडाउनले भोकमरीको अवस्था नल्यायोस् भनेर ।
यो प्रकोपलाई अवसरको रूपमा ढाल्न सके राम्रो अवसरको रूपमा पनि लिन सकिन्छ अहिले । देशलाई आआफ्नो स्तरबाट कसरी आत्मनिर्भर बनाउन सकिन्छ भनेर सोचिरहनुभएको छ भने अशोक कार्किको व्यावसायिक यात्रा तपाईंका लागि पनि गज्जब प्रेरणा बन्न सक्छ ।
यस्तो छ कार्किको व्यावसायिक यात्रा
अशोक कार्कि विगत ६ वर्षदेखि माछा पालनमा व्यस्त छन् । नेपालमा वर्षिक रूपमा अर्बौं रुपैयाँको माछा आयात गरेको देख्दा आफैँ उत्पादन किन नगर्ने भनेर कस्सिएका कार्की अहिले वार्षिक रूपमा माछा बेचेर मात्र लाखौं रुपैयाँको कारोबार गरिरहेका छन् ।
कार्किका अनुसार नेपालमा सन् १९६० को दशकमा माछापालन सुरु भए पनि यसले खासै व्यावसायिक यात्रा तय गर्न सकेको छैन । अहिले नेपालमा ५० हजारभन्दा बढी कृषकले ६ हजार १ सयभन्दा बढी प्रजातिका माछा उत्पादन गरिहेका छन् तापनि नेपालमा ९५ अर्ब रुपैयाँ बराबरको माछा आयात भइरहेको छ । तसर्थ कार्कि नेपालमा नयाँ प्रविधि तथा गुणस्तरीय ह्याचरी अर्थात् माछाको भुराको अभावले माछा पालन गर्ने बढे पनि आयातलाई कम गर्न नसकेको बताउँछन् ।
उनले ७ बिगाहा जमिनमा २१ वटा पोखरामा माछा उत्पादन गर्दै आएका छन् । बेलका नगरपालिका वडा नं १ को आम्बासिमा बेलका कृषि प्रजनन र अनुसन्धान केन्द्र कै रुपमा स्थापना भएको माछा फर्म उदयपुरकै पहिलो माछाका भुरा उद्पादन गर्ने फर्म हो। खासगरी कोमनकार, रौं , नैनी माछा पालन गर्दै आएका कार्की अहिले १३ प्रजातिका माछा पालन गर्दै छन । खाँदा स्वादिलो हुनुका साथै माछामा हड्डी कम हुने हुनाले यस्ता प्रजातिका माछाको माग नेपाली बजारमा पनि बढ्दै गएको उनी बताउँछन्
फत्तेपुर मत्स्य पालन केन्द्रका प्रमुख राजेन्द्र के सि को प्रेरणाले कृषिमा नै क्रान्ती गर्ने सोच आएको र माछा पालनमा लागेको कार्किले बताए।
यश बर्षमा मात्रै कार्किले ५० लाख माछाका भुरा बिक्री भएको बताए। उनको फर्ममा उत्पादन भएका भुरा १ नं प्रदेशका अधिकांश जिल्ला र २ नं प्रदेशका जिल्लामा खपत हुने गरेको छ।
राजनीतिमा पनि सक्रिय कार्की ब्याबसायिक क्षेत्रमा पनि अब्बल ब्याक्तिका रुपमा चिनिने गरेका छन। कार्की गत स्थानिय निकायको चुनाबमा नेपाली कांग्रेसका मेयरका प्रत्यक्ष उमेदवार हुन। उनी झिनो मतले पराजित भएका हुन।
भाषणले मात्र देश समृद्द तिर नजाने भन्दै सबै ब्याबसायमा लागे हामी पनि बिकशित राष्ट्रको रुपमा स्थापित हुन सक्ने कार्किले बताए।
कार्किको योजना
अहिले कार्किले कोमनकार माछा प्रति किलो ३ सय ५० रुपैयाँमा बेच्दै आएका छन् । उनले माछा मात्र नभएर माछाका भुराहरू पनि बेच्दै आएका छन् । भुराका जात अनुसार प्रतिगोटा १ रुपैयाँ देखि २५ रुपैयाँका दरले बेच्दै आएका छन् ।
कार्किले अब लगानी पाएको खण्डमा बार्षिक रुपमा ५ करोड माछाका भुरा उत्पादन गर्ने लक्ष्य लिएका छन् ।
उदयपुर मै पहिलो पटक माछाको भुरा उत्पादन गरिरहेका कार्किले माछा पालन र भुरा उत्पादनलाई हरेक वर्ष बढाउँदै लैजाने सोचमा छन् ।
थप ३० पोखरी निर्माण गर्ने सोचमा रहेका कार्की १ नं प्रदेशकै नमुना र स्तरीय फर्मको रुपमा बिकास गर्ने बताउछन।
मानिसको इच्छा अनुसार फिसिङ्ग सेन्टरको रुपमा समेत बिकास गरि आउने आगन्तुकलाइ होम स्टेको बिकास गर्ने र माछा बाट बन्ने सबै प्रकारका भेराइटीको ब्याबस्था गर्ने सोचमा रहेका कार्किले चाडैं नि यसको अबधारणा ल्याउने बताए।


