Site icon Our Belaka

१६ दिने लैङ्गकि हिंसाविरुद्ध को दोस्रो दिन साइकल बितरण

सुमन सागर\बेलका
लैङ्गिक हिंसा अन्त्यको प्रतिबद्धता,ब्यक्ती समाज र सबैको एक्यवद्धता ” भन्ने मुल नाराका साथ लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान अन्तर्गत दोस्रो दिन बिहिवार बेलका नगरपाकिका अन्तर्गतका ३ वटा बिधालयका ९० जना छात्रा लाई निशुल्क साइकल बितरण गरिएको छ।
प्रदेश संसद बिकास कोष र बेलका नगरपालिकाको संयुक्त लगानिमा खरिद गरिएको साइकल औपचारिक कार्यक्रमका बिच मांकाली माध्यामिक बिधालयमा बितरण गरिएको हो।
नगरपालिकाको बरबिपल माध्यामिक बिध्यालयका ३७ जना मांकाली माध्यामिक बिध्यालयका २० जना र चक्रपुर माध्यमिक बिधालयका ३३ जना गरि ९० जना छात्रालाई साइकल बितरण गरिएको नगर प्रमुख दुर्गा कुमार थापाले बताए।बालबालिकाहरुलाई विद्यालयका सट्टा काम गर्न पठाउने गरेको परिपाटीलाई अन्त्य गर्न तथा छात्राहरुलाई शिक्षाप्रति प्रोत्साहित गर्नका लागि साइकल वितरणले मुख्य भूमिका खेल्ने मेयर थापाले बताए। बेलका नगरपालिका ७ सय ५३ बटा पालिका मध्येको समाबेशी पालिका भएकोले दुर दराजमा रहेका छात्राका लागि पहिलो चरणमा बितरण गरिएको मेयर थापाले बताए। शिक्षाको क्षेत्रमा बेलका नगरपालिका ससक्त रुपमा लागेको र छिट्टै १ हजार बिद्यार्थीलाई टिफिन ब्याग बितरण गर्ने मेयर थापाले बताए।

कार्यक्रमका प्रमुख अतिथी प्रदेश नं १ प्रदेश सभा सदस्य अम्बिका थापाले भौगोलिक रुपमा बिकट क्षेत्रमा रहेका र शिक्षा बाट बन्चित हुन नपरोस भन्ने उदेश्यले छात्रालाई साइकल बितरण गरिएको बताइन ।

बेलका नगर उपप्रमुख राजकुमारी चौधरीले नगरका विद्यालयलाई छात्रामैत्री र प्रविधिमैत्री बनाउन लागिपरेको बताइन् । नगरका आधारभुत विद्यालयका बिद्यार्थी लाई न्यानो कपडा बितरण गर्ने तयारी थालेको र सबै विद्यालयहरुमा इन्टरनेट सिसि क्यामरा प्रबन्ध यही वर्षमा गरिने उनको भनाइ छ । १६ दिने लैङ्गकि हिंसा विरुद्धको अभियानमा साइकल पाउने छात्रालाइ बधाई तथा धन्यवाद प्रकट गरेकी थिइन भने निकट समयमा सम्पुर्ण छात्राहरुलाइ प्याड समेत बितरण गर्न लागेको बताइन, २१ औ सताबदिमा महिला तथा नारिलाइ हेर्ने दृस्ठिकोण पुरुषबाट नफेरिएकोमा चिन्ता समेत गरिन ,दिनहु जस्तै महिला माथी हुने हरेक प्रकारको हिंसाले महिलाले न्याय पाउन गार्‍हो भएको बताइन,राज्यको सबै क्षेत्रमा जनसंख्याको आधारमा महिलाको सहभागीता बिना महिला मुक्ति नहुने भन्दै आफ्नो आवज प्रष्ट सग राखिन।

बेलका नगरपालिका शिक्षा शाखा प्रमुख सुनिल निरौलाले नगरका विद्यालयहरुको शैक्षिकस्तरदेखि भौतिक सुधारमा नगरपालिका निकै लागिपरेको र सरकारी विद्यालयहरुलाई विद्यार्थीको प्रमुख रोजाईको केन्द्रका रुपमा विकास गर्ने गरी सिङ्गो नगरपालिका लागि परेको बताए ।
पछाडि परेका समुदायका छात्राहरुको शैक्षिक निरन्तरताको दर कम भएकाले विद्यालय तहको शिक्षा पूरा गराउने दायित्व स्थानीय सरकारको भएको र त्यसैका लागि पनि यो कार्यक्रम प्रभावकारी हुने उनले बताए । अबको सिकाई प्रविधिमैत्री बनाउँदै अगाडि बढ्ने योजनाका साथ नगरले अनलाइन र पावरप्वाइन्टमार्फत पढाउनु पर्ने अवधारणा अगाडि सारेको उनको भनाइ छ ।

सिसौली कि छात्रा बेबिका माझी आफुले साइकल पाए पछि खुशी ब्याक्त गरिन।गरिबीको कारण साइकल किन्न पनि नसेकेको र घरमा काम गरेर विद्यालय जाँदा सधैँ पठनपाठनमा समस्या हुँदा पढाई निरन्तरतामा समस्या हुने गरेकोमा साइकल पाएपछि भने अब नियमित र समयमै विद्यालय जान सहज हुने उनको भनाइ छ ।
एक घन्टा समय लगाएर विद्यालय जानु परेकोमा अब भने साइकल चढेर १५ मिनेटमा नै विद्यालय पुग्न पाइने भएपछि शिक्षा राई दंगसंगै खुसी छन् ।
घरबाट स्कुल जाँदा धेरै किताब बोकेर जार्नु पर्ने, घरमा काम गरेर जाँदा ढिला पनि हुने, भाईबहिनीलाई पनि डोर्याएर लानु पर्ने हुँदा साइकल नहुँदा निकै दुःख हुने गरेको उनी सुनाउँछिन् । अब भने साइकल भएपछि बेलैमा विद्यालय जान सजिलो हुने भाइबहिनीलाई पनि हालेर जान मिल्ने उनी बताउँछिन् ।

Exit mobile version