Site icon Our Belaka

स्कुल बस संचालन सगै ४ कोठे भवन सिलन्यास

सुमन सागर/
बेलका/ जनता नमुना माध्यामिक बिधालयले ४ कोठे भवनको सिलन्यास र बिधालय बसको उद्घाटन गरेको छ।बेलका नगरपालिका वडा नं ४ गुरुङ्चौरिमा रहेको बिधालयको भवन बुधबार एक औपचारिक कार्यक्रमका बिच प्रदेश नं १ का प्रदेश सभा सदस्य बिमल कार्कि र बेलका नगरपालिका नगर प्रमुख दुर्गा कुमार थापाको संयुक्त उपस्तिथी सिलन्यास गरिएको हो।
सिलन्यास कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य बिमल कार्किले नेपालको कुल बजेटको ११ प्रतिशत रकम शिक्षा र स्वास्थ्यको बिकासको लागि बिनोयोजित हुने र शिक्षाको सम्पुर्ण गतिविधि स्थानिय सरकारले जिम्मा पाएकोले शैक्षिक क्षेत्रको बिकास क्रमागत रुपले अगाडि बढेको बताए। आज उच्च पदमा रहेका ब्याक्तिको डाटा हेर्ने हो भने , सामुदायिक बिधालय मै अध्यान गरेका ब्याक्ती रहेका छ्न; कार्किले भने पछिल्लो समयमा सामुदायिक बिधालयको गुणस्तर खस्कियकोले फेरि पनि सामुदायिक बिधालयले हिजोको इतिहास लाई नै कायम गर्ने छ भन्नेमा बिस्वास रहेको बताए।

जिल्लाकै नमुना बिधालयको रुपमा बिद्यार्थी ओसारपसार गर्न बिधालय बस सन्चालन गरेको छ भौतिक संरचना निर्माण गरेको छ भोलिको दिनमा शैक्षिक सुधार र गुणस्तरीय बिद्यार्थी उत्पादन गर्ने सके देशकै नमुना बिधालय रुपमा बिकास हुने संसद कार्किले बताए।

नगरपालिकाको नमुना बिधालय भएकोले बिधालयको गुणात्मक बिकासमा नगरपालिका सधै लागि पर्ने बेलका नगर प्रमुख दुर्गा कुमार थापाले बताए। आफुले रुखको फेदमा बसेर पढेको स्मरण गर्दै, बेलकालाई शैक्षिक हबको रुपमा बिकास गर्न लागि परेको छौं बिधालयको सुशासन कस्तो छ, ब्याबस्थापन समितिको सम्बन्ध र काम गर्ने शैलिले शैक्षिक क्षेत्रको बिकासमा परिवर्तन गर्न सकिने बताए।

प्रदेश सरकार र स्थानीय सरकारको सहयोगमा बन्ने भवन ४ कोठे हुनेछ, १ सय २० दिनमा सक्ने योजनाले सिलन्यास गरेका छौं, यसै आर्थिक बर्षमा नमुनाको रुपमा घोषणा भएको बिधालयलाई बिद्यार्थीको चाप बढेकाले भौतिक संरचना निर्माण लाई जोड दिएको बिधालय ब्याबस्थापन समितिका अध्यक्ष मनोज तामाङ्गले बताए ।
सामुदायिक बिधालयमा उदयपुरकै पहिलो स्कुल बस सुचारु गर्ने बिधालय भएकाले गुणस्तरीय शिक्षा प्रदान गर्न बिधालय नचुक्ने अध्यक्ष तामाङ्गले बताए।

स्थानीय सरकार गठन भए पश्चात् देखि नै वडा बाट घेराबार मर्मत सम्भार गर्न बजेट बिनियोजित गरेका छौं नगरकै नमुना बिधालय भएकाले यसको सुधारमा सधै आफू लागि पर्ने बेलका नगरपालिका वडा नं ४ का वडा अध्यक्ष दिपक दंगालले बताए।

बेलकामा एक मात्र क्याम्पस रहेको छ क्याम्पस सन्चालनको लागि +२ लेबलका बिधालयले गुणस्तरीय शिक्षा प्रदान गरे क्याम्पस सन्चालन गर्न र बिद्यार्थी बढाउन सकिने भएकाले शैक्षिक क्षेत्रको सुधारमा समाजका अगुवा ब्याक्ती लागि पर्नुपर्ने बेलका जनता क्याम्पस ब्याबस्थापन समितिका अध्यक्ष रमण भट्टराईले बताए।

गत अशार ३१ गते नमूना बिधालयको रुपमा घोषण भएको बिधालयमा हाल सिभिल इन्जिनियर, बिज्ञान संकाय , शिक्षा संकाय, ब्याबस्थापन र अंग्रेजी माध्यममा ८ सय बिद्यार्थी भर्ना भएका छन । २१ गते बाट पठन पाठन सन्चालन हुने जनता नमुना बिधालयका प्र अ सम्मर राईले बताए। सामुदायिक बिधालयमा नौलो कामको थालनी गरेका छौ, टाढा बाट आउने असहाय असक्तको लागि बिधालय बस सन्चालन गरेका छौं ,सबैको साथ सहयोग भए गुणस्तरीय शिक्षा प्रदान गर्न कुनै कसुर बांकी नराख्ने प्र अ राईले बताए।

Exit mobile version