Site icon Our Belaka

जन्म दिनको अबसरमा भट्टराई द्वारा आर्थिक सहयोग

बेलका/ १९ मंसिर – बेलका जनता क्याम्पसमा बिद्यार्थी द्वारा निर्माण गर्न लागिएको सरस्वती मन्दिरमा बेलका जनता क्याम्पस ब्याबस्थापन समितिका अध्यक्ष रमण भट्टराईले जन्म दिनको अबसरमा १० हजार आर्थिक सहयोग गरेका छन। मन्दिर निर्माण समितिका संयोजक सुमन सागर खतिवडालाई नगद हस्तान्तरण गर्दै, क्याम्पस जस्तो पुन्य र पबित्र स्थानमा सहयोग गर्न पाएकोमा खुशी बाक्त गरे। बेलका जनता क्याम्पसको शैक्षिक गुणस्तर सुधार साथै भौतिक संरचनाको बिकासमा आफू लागि परेको बताएका छन।
बेलका नगरपालिकाको एक मात्र क्याम्पस भएकोले बिद्यार्थीको माग अनुसार शैक्षिक गतिविधी अगाडी बढाउदै थप बिषय ल्याउन समेत सिङ्गो क्यामस टिम लागि परेको बताए।
हामी क्याम्पस सुधारमा लागि परेका छौ भट्टराईले भने , शिक्षक ब्याबस्थापन साथै बिधालय गुणस्तर वृद्धि गर्न सबै तहमा सहयोग मागेका छौं अब चाडै बेलका जनता क्याम्पस लाई नमुना बनाउने छौं।
विभिन्न संस्थामा आबद्द भट्टराई सामाजिक एवम कुशल राजनितिमा पनि चिनिन्छन। बेलका नगरपालिकामा बिधुत पुर्याउने एक अभियन्ता हुन ।

बिद्यार्थीको सहभागितामा हामिले मन्दिर निर्माण गर्न लागेका छौ , थोरै रकम विद्यार्थी बाट संकलन गरेका छौ, मन्दिर साथै लाइबेरिमा समेत पुस्तक खरिद गर्ने योजना रहेको मन्दिर निर्माण समितिका संयोजक सुमन सागर खतिवडाले बताए।

Exit mobile version