Site icon Our Belaka

नरबहादुर कर्मचार्य बहुप्राबिधिक शिक्षालय उद्घाटन: शिक्षा मन्त्री पोख्रेल

इटहरी / १९ मंसिर – नर बहादुर कर्मचार्य स्मृति प्रतिष्ठान सुनसरी द्वारा संचालित नर बहादुर कर्मचार्य बहुप्राबिधिक शिक्षालय इटहरी को उद्घाटन आज शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्री गिरिराजमणि पोख्रे ले एक कार्यक्रमका बिच उद्घाटन गर्नुभएको छ,उद्घाटन पछि वहाँले शिक्षालयको निरीक्षन गर्नु भएको थियो । इटहरी स्थित प्रिमियम होटलमा आयोजित उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै शिक्षा मन्त्री गिरिराजमणि पोख्रेलले मुलुक को आबश्यकता अनुसार दक्ष जनशक्ति उत्पादन गर्दै अगि बढनु जरुरी रहेको बताउए। नर बहादुर कर्मचार्य बहुप्राबिधिक शिक्षालयले सर्बसुलभ,गुणस्तरीय शिक्षा प्रदान गर्ने बिश्वास ब्यक्त गरे भने,यस्तै १ न प्रदेस सरकारका सामाजिक बिकास मन्त्री जीवन घिमिरेले आत्मानिर्भर प्राबिधिक शिक्षा आजको आबस्यकता भएकोले शिक्षालय ले अगामी दिनमा त्यो अपेक्षा पूरा गर्ने बताउय। उद्घाटन कार्यक्रम पछि प्राबिधिक शिक्षालय बिच आपसी सहकार्य,गुणस्तरीय र सर्भसुलभ शिक्षा ,दक्ष जनशक्तिको उत्पादन र सांगठनिक संरचनाको बिसयमा अन्तर्किर्या कार्यक्रम सम्पन्न भयो,सो कार्यक्रम मा CTVT प्रदेस न १ कार्यलयका निर्देशक शिव प्रसाद दहाल,निर्मल लामा बहुप्राबिधिक शिक्षालयका प्राचार्य रमन मेहता,रत्न कुमार बान्तवा बहुप्राबिधिक शिक्षालय,नर बहादुर कर्मचार्य झापा का अध्यक्ष ज्योतिसिङ दलामी ,सचिब तिर्थराज बस्नेत,पुस्प धिरेन्द स्मृति प्रतिष्ठानको तर्फबाट भोज प्रसाद भट्टराई ,जय गोबिन्द साह पोलिटेक्निकल ईन्स्टिच्यु को तर्फबाट प्रा:डा रेसम थापा,महानगर बहुप्राबिधिक शिक्षालय बिराटनगर बाट सगिता पोख्रेल,लगाएत शिक्षालयको प्रतिनिधि उपस्तिथि रहेको थियोे ,कार्यक्रमको अध्यक्षता निर्मल बराल र सन्चालन प्राचार्य अर्जुन उप्रेतीले गरेको बताय शिक्षा अभियन्ता पुस्प ढुंगानाले ।

Exit mobile version