चौदन्डी /- चौद्न्डीगढि नगरपालिका वार्ड न -८ का अध्यक्ष स्याम कुमार मगर मा केहि महिनादेखि निमोनिया र फोक्सोको समस्या थियो। एक महिनादेखि विराटनगरको नोबेल अस्पतालमा उपचाररत थिए। आइतबार साढे ५ बजे नोबेलमै उनको मृत्यु भएको चौदण्डीगढी नगरपालिकाका मेयर खगेन्द्र राईले जानकारीले दिए।
नगरप्रमुख राईका अनुसार मगरलाई कोरोना लागेर निको भएको थियो। उनी नेपाली कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित भएका थिए।
मगरको शव नगरपालिका ल्याउने तयारी भइरहेको र नगरमै अन्त्येष्टि गरिने राईले बताए। मगर नेपाली कांग्रेस सिद्धिपुर गाउँ विकास समितिका पूर्वसभापतिसमेत थिए मगर। अध्यक्ष स्याम कुमार मगरको मृत्यु सगै सिङ्गो वार्ड/ नगरपालिका सोकमा डुबेको बताय युवा नेता बिबस चाम्लिङले ।


