Site icon Our Belaka

भट्टराईको सहयोगमा ५० हजारको बिद्यार्थी छात्रवृत्ति कोषको स्थापना

आवर बेलका/२३ मंसिर /- बेलका जनता क्याम्पस ब्याबस्थापन समितिका अध्यक्ष रमण भट्टराईले आफ्नो ब्यक्तिगत सहयोगमा ५० हजार बराबरको बिद्यार्थी छात्रवृत्ति कोषको स्थापन गर्ने घोषण गरेका छन।
गरिब ,जेहेन्दार , असहाय बिद्यार्थी लाई शिक्षाको पहुँचमा ल्याउनलाई कोषको स्थापना गरिएको अध्यक्ष भट्टराईले बताए।
बेलका जनता क्याम्पसका बिद्यार्थीको अगुवाइमा बन्न लागेको सरस्वती मन्दिर सिलन्यास कार्यक्रममा अध्यक्ष भट्टराईले कोष स्थापनाको घोषण गरेका हुन। भट्टराईले क्याम्पसमा पुस्तकालयको लागि समेत १० हजार सहयोग गर्ने घोषण गरेका छन ।
सामाजिक तथा राजनीतिक ब्याक्तित्वको रुपमा परिचीत भट्टराई राजनितीमा समेत सक्रिय रहेका छन। भट्टराई अध्यक्ष भयपछी क्याम्पसमा एक बिल्डिङ २ कोठे भवन निर्माण भैसकेको छ भने गुणस्तरीय शिक्षा प्रदान गर्न विभिन्न क्षेत्रका शैक्षिक ब्याक्तीहरु सग कुराकानी अगाडि बढाउदै आएको छ्न। भट्टराईकै पहल नेतृत्वमा बेलकामा पहिलो क्याम्पस स्थापना भएको हो हाल यहि क्याम्पस संचालन हुदै आएको छ । पुस्तकालय पनि छिटै निर्माण गर्ने बताय भट्टराईले ।

Exit mobile version