Site icon Our Belaka

बेलका बाट जबर्जस्ती करणिको आरोपमा एक पक्राउ

आवर बेलका / २३ मंसिर /१६ दिने लैङ्गकि हिंसा विरुद्धको १४ औ दिन देशैभरी विभिन्न कार्यक्रम गरिरहदा बेलका नगरपालिका कि ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ६३ वर्षका बृद्ध पक्राउ परेका छन् ।

बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बेलका नगरपालिका–९ बस्ने सूर्य पोखरेललाई प्रहरीले पक्राउ गरेको हो ।

सूर्यले ती बालिकालाई सोही ठाउँ स्थित सिटी हलमा जबरजस्ती करणी गरेको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जानकारी दिएको छ ।
२२ गते घटना घटेको हो भने २३ गते सिटिहलको उद्घाटन १ नम्बर प्रदेशका मुख्यमन्त्री सेरधन राई लगायत विभिन्न ब्यक्तीहरु उपस्थित भयर सिटिहलको उद्घाटन गरिएको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको
छ ।

Exit mobile version