सुमन सागर / बेलका
उदयपुर बेलका नगरपालिका वडा नं ४ गुरुङचौरिका जे बि २५ बर्षदेखी मुर्तीकला पेशामा क्रयाशिल छन् । यहि पेशालाई नै जिविकोपार्जनको माध्यम बनाएका जे बि निकै सुन्दर र कलात्मक मुर्तिहरु बनाउछन् । जुन मुर्ती देखेर सर्वसाधारण दंग पर्ने गरेका छन् ।
आफ्नो अघि कुनै देवी देवता, भगवान, जनावर या मान्छेको फोटो राखेर दुरुस्तै मुर्ति बनाउने पुस्कलको कलाले सबैलाई मोहित पारेको छ । सानैदेखि चित्रकला र मुर्तिकलामा निकै रुची भएका जे बि अहिले जिल्लामा अब्बल मुर्तिकारको रुपमा परिचित हुँदै गएका छन् ।
उनले बनाउने मुर्ति र उनले मुर्ति बनाएको हेर्नेको पनि घुइँचो लाग्ने गरेको छ । विभिन्न देवी देवताहरु, भगवान, सहिदहरु र जनावरहरुको दुरुस्तै आकर्षक आकृति झल्किने मुर्ति वनाउने क्षमता भएका ३९ वर्षिय जे बि यहि पेशाबाट सामान्य गुजारा चलिरहेको बताए ।
हाल सम्म ३ सय भन्दा बढि मुर्ती उनले बनाईसकेका छन् । उनले विभिन्न मन्दिरहरुका लागि दर्जन बढी मुर्तिहरु निर्माण गरिसकेका छन् ।
गुरुकुल शिक्षा बाट चित्रकला सिकेका जे बि ले कुनै तालिम लिएनन् । स्थानीय सरकार गठन पश्चात् जे बि ले बेलका नगरपालिकाको सिफारिसमा इटहरी गएर तालिम लिएको बताए।
साउदिमा समेत ३ बर्ष उनी यहि पेशामा आबद्द भए चित्रकलामा निकै ज्ञान र सीप भएका जे बि लाई कला र प्रतिभा देखेर बिदेशी संस्थाले फ्री भिषामा साउदि लगेको बताउछन।
बाबा , आमा दुई छोरी एक छोरा र श्रीमति सहित ७ जनाको परिवार पाल्न यहि पेशामा छन उनी सालिन ब्याबहार भएका जे बि धेरै पेशामा पोख्त छन फनिचर, चित्रकला, गित रचना , सिलामा नाम लेख्ने, नाटक लेखन देखि परम्परागत आरन पेशामा समेत समय निकाल्छन उनी। मुर्तिको माग धेरै छ ढुङ्गा खोपेर बनाउनु पर्छ समय धेरै लाग्छ तर आफ्नो मेहेनतको समेत पारिश्रमिक आउदैन जे बि ले भने म ढुङ्गा सङ्ग खेल्ने बानी भए मलाई देवि देवताको मुर्ती बनाउन निकै रहर लाग्छ।
सामाजिक क्षेत्रमा समेत उनी सक्रिय छन ।बहु प्रतिभाका धनी जे बि कोहि मुर्तिकला, चित्रकला सिक्ने इच्छुक हुनेलाई सिकाउने बताए।


