Site icon Our Belaka

सोमबारको प्रदर्शनमा उत्रिन आग्रह गर्दै नेविसंघले निकाल्यो सिठी जुलुस

आवर बेलका/ विपक्षी दल कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले सरकारका गलत गतिविधिविरुद्ध प्रदर्शनमा उत्रिन आग्रह गर्दै सिठी जुलुस निकालेको छ । कांग्रेसले सोमबार ७७ वटै जिल्लामा सरकारविरोधी प्रदर्शन गर्दै छ । 

नेविसंघले विभिन्न जिल्लामा सिठी जुलुस निकालेर सरकारका गलत गतिविधि रोक्न जनतालाई जागरण गराएको चौदन्डी नेबिसंघका सभापति बिबस चाम्लिङले जानकारी दिए ।  देशभर अपराह्न चार बजे एकसाथ सिठी जुलुस निकालेर सोमबारको कार्यक्रमको प्रचारप्रसार गर्दै जनतालाई सडक प्रदर्शनका लागि आह्वान गरिएको उनले बताए ।

बेल्टारमा भने तरुण दल जिल्ला उपअध्यक्ष पर्वत दाहालले सरकारको चर्को आलोचना गरेका थिय । ‘संकटको वेलासमेत सत्तामोह मात्रै देखाएको र जनताप्रति उत्तरदायी नभएको, भ्रष्टाचार र अनियमितता नियन्त्रण गर्न नसकेकोलगायत विषयलाई लिएर पार्टीले सोमबार देशभर प्रदर्शन गर्दै छ, त्यसको विरुद्धमा सबैलाई एक भएर सडकमा उत्रिन आग्रह गरेका छौँ,’ दाहालले भने ।

Exit mobile version