सुमन सागर/ बेलका
गरे के हुदैन मानिसको सोच सकारात्मक हुदा थुप्रै उदाहरणीय काम हुने गरेका छन। युवा पुस्तामा त झन धेरै नै उदाहरणीय काम हुने गरेका छन यस्तै उदाहरणीय काम भएको छ। बेलका नगरपालिका वडा २ को बान्डांडामा लामो समय देखि दुई गाउँलाई जोड्ने बाटो नहुदा धेरै टाढा जस्तो हुन्थ्यो तर युवाको सक्रियतामा बाटो खोलिए पछि धेरै सहज भएको छ।
भागलपुर बप्तिस चर्ज बाट ३० हजार, बाल बिधा बिधालय बाट ५ हजार र जलदेवी टोल बिकास संस्था बाट ५ हजार रकम संकलन गरि ट्राक खोल्ने ,ग्राभेल हाल्ने काम गरेका छौ हाम्रो दुई गाउको बिचमा अभिसापको रुपमा रहेको “होलिमा” कल्भट लगाउन सकेको खण्डमा हामिलाई बर्खामा धेरै सहज हुने बाटो निर्माण समितिका अध्यक्ष राम भक्त राईले बताए।
नानिबाबु लाई बिधालय पठाउन झन्डै आधी घन्टा लाग्थ्यो तर बाट बनेपछी अहिले ५ मिनेटमै बिधालय पुग्छन स्थानिय सिताराम कट्वाल बताउछन।
प्रस्तावित एसिएन हाइवे सम्म उक्त निर्माणाघिन सडकलाई जोड्न स्थानिय जग्गादाता, स्थानिय सरकार संग कुरा गर्दै छौ , सडकको बिचमा पर्ने होलिमा कल्भट लगाउन वडा सङ्ग कुरा गर्दै छौ यहि हिउँदमा कल्भट लगाउने प्रयास भै रहेको छ अध्यक्ष राईले बताए।
उक्त सडक खोल्नका लागि सिताराम कट्वाल,केशरमान बस्नेत ,देव बा बिष्ट ,राम बा खत्री , भागलपुर बप्तिस चर्ज, आत्माग्यान संस्था, बाल बिधा बोडिङ्ग स्कुल, तिर्थ भट्टराई , मुक्ती राई ,अरिमर्धन राई, गोबिन्द आचार्य , कृषण आचार्य लगायतले जग्गा उपलब्ध गराई सडक निर्माण गरिएको अध्यक्ष राई बताउछन।


