NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
राजनीति

केपि ओलि डराए पछि , पुष ५ गते राजीनामा दिदै

1 Mins read

पुष १ / काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संसदीय दलका नेतासमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी नेता भीम रावललाई टेलिफोन गरेर कसको इजाजत लिएर शीतलनिवास गएको भन्ने प्रश्न गरेका छन् ।

बुधबार साँझ ओलीले रावललाई फोन गरेर यस्तो प्रश्न गरेका थिए । जवाफमा रावलले आफ्नो अधिकार भएकाले कसैको इजाजत लिइरहनु नपर्ने बताएका थिए ।

बुधबार दिउँसो पौने १ बजेतिर भीम रावल र पम्फा भुसाल संसदको विशेष अधिवेशनको माग गर्दै सा‌ंसदहरुको हस्ताक्षरसहित राष्ट्रपति कार्यालयमा पत्र दर्ता गराउन गएका थिए । पत्रमा नेकपाका ८३ सांसदको हस्ताक्षर थियो । तर, राष्ट्रपति कार्यालयले पत्र दर्ता नगरेपछि रावल र भुसाल साँझसम्मै शीतल निवासमा बसेका थिए । उनीहरु सवा ६ बजेतिर स्थायी कमिटीको बैठक सकिएपछि मात्रै शीतलनिवासबाट फर्किए ।

रावल र भुसाल पत्र लिएर शीतल निवास पुगेपछि केपी ओली पक्षका नेताहरुमा हल्लीखल्ली मच्चिएको थियो । शंकर पोखरेल, सुवास नेम्वाङ, प्रदीप ज्ञवाली र राजन भट्टराई लगायतका नेताहरु अब सरकार पनि ढल्ने भयो र पार्टी सकिने भो भन्ने निश्कर्षमा पुगेर निराश देखिएका थिए ।

तर, बेलुकासम्म अध्यादेश पनि फिर्ता गर्ने र राष्ट्रपति कार्यालयमा पुर्‍याइएको निवेदन पनि फिर्ता हुने सहमति जुटेपछि निराश बनेका नेताहरु आशावादी बनेको एक नेताले बताए ।

अन्ततः विशेष अधिवेशनको माग गर्दै राष्ट्रपति कार्यालयमा पत्र पुगेपछि नै केपी ओली गलेको र अध्यादेश फिर्ता लिन बाध्य भएको एक नेताले दाबी गरे। ५ गते स्थायी कमिटिको बैठक अघि प्रधानमन्त्री ओलिको राजीनामा आउने एक स्थायी कमिटी सदस्यले बताय । यधपी ओलि राजीनामा दिने मानसिकतामा छैनन ।

Related posts
राजनीति

जेनेभाको आजीवन प्रतिवन्धमा परे सुदर्शन र भूपतिलाल, रेडक्रसलाई पनि केही हप्तामै प्रतिबन्ध लाउने चेतावनी

1 Mins read
आवर बेलका/राजनीतिक भागबन्डा र मुद्दा मामिलाबाट थिलथिलो पारिएको नेपाल रेडक्रसका समस्याहरूलाई इमानदारीपूर्वक समाधान नगरे प्रतिबन्धका लागि सिफारिस गर्ने चेतावनीयुक्त पत्र रेडक्रसको अन्तर्राष्ट्रिय…
राजनीति

नेकपा माओवादी केन्द्र बेलका नगरकमिटिको संसदीय दलको बैठक सम्पन्न

1 Mins read
आवर बेलका/असार ८ नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र बेलका नगर संसदीय दलको बैठक असार ८ गते सनिवार पार्टी कार्यलय रामपुरमा बसेको हो।।…
राजनीति

नेकपा एमाले बेलकाको अध्यक्षमा हिराजंङ्ग राई अन्य पदमा को निर्वाचित भय?

1 Mins read
नेकपा एमाले बेलका नगरपालिका कमिटीको अध्यक्षमा हिराजङ्ग राई चयन भएका छन्। एमाले नगरपालिका कमिटीको शुक्रबार रामपुरमा सम्पन्न दोस्रो अधिवेशनले राईलाई अध्यक्षमा सर्वसम्मत…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *