NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
मनाेरञ्जन

टिकटकबाट चिनेको युवकसँग बिहे गर्न भारत पुगेकी नेपाली किशोरीको उद्धार

1 Mins read

आवर बेलका/ एक भारतीय युवकसँग बिहे गर्न भनी भारतको मध्यप्रदेश पुगेकी नेपाली किशोरीलाई १८ दिनपछि उद्धार गरेर उनको आमालाई जिम्मा लगाइएको छ ।१६ बर्षीया ती युवती १,३०० किलोमिटर यात्रा गरेर २१ बर्षीय युवकसँग बिहे गर्न भन्दै काठमाडौंबाट मध्यप्रदेशको सिहोर पुगेकी थिइन् ।
काठमाडौंस्थित भारतीय दूतावास र नयाँ दिल्लीस्थित नेपाली दूतावासले ती युवतीको मोवाइलमार्फत उनको लोकेसन र फेसबुकमार्फत गतिविधिलाई नजिकबाट नियालेका थिए ।
उनलाई सिहोर प्रहरीले उद्धार गरेको थियो । साथै, युवतीलाई बिहे गर्ने भन्दै बोलाउने महेश सिलोरियालाई पनि प्रहरीले पक्राउ गरेको छ । ती युवकलाई प्रहरीले मानव बेचविखनको आरोपमा पक्राउ गरेको हो ।किशोरीकी आमा वेदैशिक रोजगारीमा छिन् र उनी बाबु र परिवारका सदस्यहरुसँग काठमाडौं बस्ने गर्थिन् । उनी सामाजिक सञ्जालमा सक्रिय रहने गरेको र त्यही कारणले ती भारतिय युवकले प्रभाव पारेको बताइएको छ ।भारतीय प्रहरीका अनुसार ती युवकले किशोरी विवाह गर्न नआए आत्महत्या गर्ने बताएका थिए । उनीहरुको बीचमा दुई वर्षअघि टिकटक मार्फत चिनजान भएको थियो ।किशोरीका बाबु आमाले उनीहरुको सम्बन्धको बारेमा केही महिनाअघि थाहा पाएका थिए र किशोरीलाई भारत जानबाट रोक्ने प्रयास गरेका थिए ।
गत नोभेम्बर महिना ती युवकले किशोरीलाई फोन गरेर विवाहका लागि मध्यप्रदेश आउन आग्रह गरेका थिए । उनी विभिन्न रेल र बस चढेर त्यहाँ पुगेकी थिइन् ।
किशोरीलाई उद्धार गर्न नेपाली दूतावास नयाँ दिल्लीका अधिकारीहरुसहित किशोरीकी आमा त्यहाँ पुगेकी थिइन् । ती युवकले बिहे नै गर्नका लागि बोलाएको हो कि बेचविखनका लागि हो भन्ने चाहिँ यकीन भएको छैन । दिल्लीस्थित नेपाली दूतावासका उपनियोग प्रमुख रामप्रसाद सुवेदीले दूतावासको पहलमा किशोरीको उद्धार गरेको पुष्टि गरे ।
उनले भने,‘आमा र छोरी दुवै नयाँ दिल्ली आइपुग्नु भएको छ, आज उहाँहरुको ट्राभल डकुमेन्ट बनाउने काम भयो, भोलिको उडानबाट उहाँहरु काठमाडौं फर्कने कार्यक्रम छ ।

Related posts
मनाेरञ्जन

कार्तिक १६ गते सुनसरीको चतरामा 'स्टोनस्किपिङ' प्रतियोगिता हुने

1 Mins read
सुनसरीको चतरामा स्टोन स्किपिङ च्याम्पियनसिप आयोजना हुने भएको छ । चतरा हाइकिङ समूहको आयोजना र ग्रामीण पत्रकार समूहको सहआयोजनामा चतरा नहरमा आगामी…
मनाेरञ्जनसमाचार

वाइवाई दोस्रो बेलका गोल्डकपकको उद्घाटन खेलमा जेएसवाइसी मोरङले जित्यो

1 Mins read
उदयपुरको बेलकामा सुरू भएको वाइवाई दोस्रो बेलका गोल्डकपकमा जेएसवाइसी मोरङले शानदार विजयी शुरूवात गरेको छ । लेकाली रंगशालामा सम्पन्न पहिलो क्वाटरफाइनलमा गोलबजार…
मनाेरञ्जन

बराहक्षेत्रलाई प्रथम बुद्ध मिनि गोल्ड कपको उपाधी

1 Mins read
बुद्ध एकता क्लबको आयोजना तथा बेलका नगर युवा तथा खेलकुद बिकास समितिको सह आयोजनामा सम्पन्न प्रथम बुद्ध मिनि गोल्ड कप २०८० को…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *