सुमन सागर / बेलका
आवर बेलका/ उदयपुर जिल्ला बेलका ५ निवासी भोजराज कट्वाल २६ बर्षका भए। सानै देखि लगनसिल भोजराजले +२ अध्यन पश्चात् आफ्नै देशमा केही गर्नु पर्छ भन्ने मनमा उत्साह जागो र आफैले लगानि गरेर रानिटारमा प्राइभेट स्कुल स्थापना गरे। ३ बर्ष सम्म शिक्षक पेशा गरेका भोजराज सोचे जस्तो आम्दानी हुन नसेके पछि बिदेश जाने निर्णयमा पुगे ।
मध्यम परिवारका भोजराज अनन्त शाहुको रिण र पारिवारिक ब्याबहार सहज बनाउन मलेशिया पुगे लगनसिल भोजराजले जुत्ता चप्पल उधोगमा १८ महिना काम गरे काम गर्दै जांदा सरल सहज भएपछी आफ्नै देशमा आफ्नै गाउमा चप्पल उधोग स्थापना गर्ने शुर आयो र १८ महिना बिदेशी भुमिमा पसिना बगाएर भोजराज स्वदेश फर्किए।
स्थानीय सरकारले युवा पुस्तालाई उधमि बन्न धेरै सहयोग गर्ने गरेको रहेछ” हाम्रै बेलका नगरपालिकाले पनि बैद्शिक रोजगार बाट फर्किएका लाई उधमी बन्न सहज रुपमा अनुदान लगायतका सहयोग गरेको फेसबुकमा हेर्थे र मेयर सङ्ग समेत मेरो कुरा हुन्थ्यो भोजराज ले भने, उधोग स्थापना गर्ने रंगिन सपना देखेर गाउँ फर्किए १८ महिना बस्दा शाहुको रिन तिर्न ठिक्क भयो, उधोग स्थापना गर्न मैले ६ लाखमा १ कट्ठा जग्गा बिक्री गरेर उधोग स्थापना गरे अहिले सबै गर्दा ८ लाख लगानि गरेको छु भोजराज बताउछन।
दैनिक रुपमा १ सय जोर चप्पल उद्पाद्न गर्दै आएका भोजराजले हाल भोजपुर , खोटाङ र उदयपुरका मुख्य ,मुख्य बजरमा बिक्री गर्ने गरेका छन।
मासिक रुपमा कमाएको पैसाले किस्ता तिर्न ठिक्क हुन्छ अब २ वटा मेसिन र उधोगको लागि एउटा घरको आवस्यकता परेको छ।
स्थानिय सरकारले पटक पटक मेसिन देखि आवस्यक उपकरण दिने भन्नु भयो, धेरै आश लाग्यो तर सहयोग कतै बाट पाईन ब्याबसायी भोजराज बताउछन।
चप्पलको माग पनि राम्रो छ , हामी परिवारका सबै सद्स्य यहि उद्योग लागि परेका छौं थप मेसिनको आवस्यकता परेको छ भोजराजका बाबु बताउछन।
