NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
राजनीति

नेपाली कांग्रेस बेलकाको अधिबेशन सगै सभापतिमा चर्चा को-को छ्न प्रतिस्पर्धामा ?

1 Mins read

आवरबेलका/ पछिल्लो समय नेपाली कांग्रेसमा राजनीति चहलपहल ह्वात्तै बढेको छ । केन्द्र देखि स्थानीय तहसम्म अधिबेशनको चहलपहल सुरु भएको हो, अधिबेशन कैले हुने भन्ने टुंगो नभयपनि आन्तरिक रूपमा नेता ,कार्यकर्ता लागिपरेका छ्न । उदयपुर जिल्लामा ८ वटा स्थानीय तहमध्य ४ वटा गाउपालिका ४ वटा नगरपालिका छ्न ।पुर्वमा पर्ने नगरपालिका हो बेलका नगरपालिका नेपाली कांग्रेसले अधिबेशनको मिति तोकेपछी आन्तरिक रूपमा नेता ,कार्यकर्ता आ- आफ्नो तह तप्का बाट अगाडि बढिरहेको छ्न । केन्द्रमा ७/८ जना नेताले केन्द्रिय सभापतिमा उम्मेद्बार घोषण गरिसकेको छ्न । बेलका नगरपालिकामा पनि आन्तरिक रूपमा नेपाली कांग्रेसमा अधिबेशन सुरु भैसकेको अवस्था छ। दिनहु जस्तो बैठक ,भेला,छलफल हुन थालेको छ ,गत स्थानीय तहको चुनावमा २/३ मतले कम्युनिष्टले जित हासिल गरेपछि त्यसको जवाफ फर्काउन नेता ,कार्यकर्ता एक भएको बताय कांग्रेस नेता तिर्थ अधिकारिले केन्द्रमा जस्तै बेलका नगरपालिकामा पनि भिन्न भिन्न गुट छ्न प्रष्ट देखिने गुटभनेको देउवा र पौडेल समुहकै छ भने युवा सङ्ठित कार्यक्रर्ताले सिटौला ,निधि नेतृत्वमा आय राम्रो हुने बताउछ्न युवा विद्यार्थी नेता सुमन खतिवडा ,लामो समय सम्म तत्कालीन गाबिस ठोक्सिलामा नेपाली कांग्रेसले पन्चायतदेखी बहुदल सम्म सत्ता संचालन गरेको थियो। हाल नेपाली कांग्रेस बेलकाको सभापति सुशील सेढाइ छन ।
को – को छ्न प्रतिस्पर्धा ?
(अशोक कार्की )
नेपाली कांग्रेस महासमिति सदस्य तथा केन्द्रिय बिभाग सदस्य रहेका कार्की विद्यार्थी जिवनबाटनै कांग्रेसमा लागिपरेका हुन ,गत स्थानीय तहको चुनावमा कांग्रेसबाट मेयरको प्रत्यासि भएका कार्की झिनोमतले पराजित भएको हुन । आफू बेलकाको सभापति भय सिङ्गो पार्टी एक बनाउने र अब आउने चुनावमा कांग्रेसलाई जिताउने मा ढुक्क छ्न ।
(जयप्रसाद सुवेदी)
लामो समयसम्म ठोक्सिला गाबिसको सभापतिमा आसिन हुन सुवेदी ,प्रष्ट बक्ता ,मिजासिलो बानी भयका यिनि अन्यपार्टी का नेता,कार्यकर्तासग पनि नजिक छ्न हाल नेपाली कांग्रेस उदयपुरको जिल्ला सदस्य छ्न भने भित्रीरुपमा नेपाली कांग्रेस बेलकाको सभापतिको लागि अगाडि बढेको छ्न ।
(सुशील सेढाई )
राजनीति पृष्ठभुमि नेपाली कांग्रेस भएका सेढाई विद्यार्थी जिवनबाटनै कांग्रेसमा लागेका नेता हुन। तरुण दल जिल्ला सभापतिको कार्यकाल सकिएर स्थानीय नेतृत्व बेलकाको सभापति भएको हुन। कडा बोलि प्रष्ट बक्ता,निडर स्वभाव भयका सेढाई कार्यकर्तामाझ लोकप्रियछ्न फेरि पनि सभापति भय कम्युनिष्टको किल्ला तोड्ने तयारीमा रहेको बुझिएको र आफ्नाहरु सग भित्र भित्र सभापतिको तयारी गरेको बुझिन्छ।
(लभराज अधिकारी)
विद्यार्थी राजनीतिबाट उदाएका अधिकारी युवा हरुको लोकप्रिय नेताको रूपमा परिचित छ्न । तत्कालीन २०४९ सालमा आफना बुवा ठोक्सिला गाबिसको अध्यक्ष भएका र राजनीति नजिकबाट बुझेका अधिकारी कांग्रेसको विधि ,बिचारमा अडिग छ्न सगै राजनीतिगरेका सहकर्मिहरु केन्द्रिय तहमा पुगिसकेको हुदा यो पटक नेपाली कांग्रेस बेलकाको सभापति सर्वसहमतले हुनेमा दृढ छ्न ।
(ब्रहमदेब चौधरी )
तत्कालीन तपेस्वरी गाबिसको सभापति रहेका चौधरी कानुन ब्यबसायी हुन । अध्यनसिल ब्याक्ती ,बिकासप्रेमीनेताको रूपमा बेलकामा परिचीत छ्न । कानुन ब्यबसायिको तर्फबाट जनताको काम गर्दै गर्दा र तत्कालीन अवस्थामा तपेस्वरिमा कांग्रेस ७०% भन्दा मत खसेको हुदा सभापति हुनेमा ढुक्क छ्न आफू जनजाति भएको र बेलकामा सबैभन्दा धेरै थारु जनजाती भएको हुदा सभापति भय पार्टीलाई पुरानै लयमा फर्काउनेमा एकमत छ्न ।
(बाबुराम थापा )
लामो समय सम्म नेपाल प्रहरीमा जागिर खायर रिटायर्ड जिवन सगै कांग्रेसमा लागेका थापा इन्स्योरेन्सको माध्यमबाट जनताको नजिक छ्न तत्कालीन ठोक्सिलाको नेपाली कांग्रेसको चुनावमा झिनोमतले पराजित थापा फेरि सभापति उठ्ने तयारीमा रहेको छ्न ।
(दिनेस्वर चौधरी )
नेपाली कांग्रेस जिल्ला कोषध्यक्ष भैसकेका चौधरी हाल बेलका १ का जनप्रतिनिधि अध्यक्ष हुन । प्रष्ट बक्ता, सुसाशन मैत्री स्थायित्व चाहने ,बिकासप्रेमी चौधरी तपेस्वरिका हुन स्थानीय तहको चुनावमा कांग्रेसको साख जोगाएको हुदा आफू सभापति सर्वसहमतले हुनेमा आश गरेका छ्न ।
(नानुमाया घिमिरे )
नेपाली कांग्रेस क्षेत्रिय समिति सचिव महिला बिभागमा काम गरिरहेको ,लामो समय देखि महिला स्वास्थ स्वयंसेबिकामा काम गरेको अनुभव तथा तत्कालीन महिला रक्षक सन्जालको सचिव हाल अन्तरपाटी महिला संजालको बेलका सचिव तथा महिला हरुको एक मात्र कृषि सहकारी मेलमिलाप महिला सहकारीमा काम गरेको अनुभव छ भने राजनीति पृष्ठभुमि आफ्ना जेठाजु २०४९ सालमा ठोक्सिला गाबिस उपध्यक्ष भएको र राजनीतिलाई नजिक बाट मुल्यांकन गरेको एक साहसिक महिला नेतृ हुन ,सभापतिको लागि एक मात्र महिला अगाडि बढेसगै अन्य राजनीतिक दलका महिलाको मजबुत सहयोग हुनेछ घिमिरेललाइ।
(माया ओलि कोइराला )
राजनीतिक पृष्ठभुमि कांग्रेस तथा माइती दाङ भयकी ओलि नेपाली कांग्रेसको तत्कालीन प्रभाबशाली नेता खुमबहादुर खड्काको प्रभावबाट राजनीतिमा आएकी हुन ,निडर स्वभाव ,साहसिक नेतृत्व ,माहोल ,भेलालाइ हाक्न सक्ने एक महिलाको सुचीमा रहेकी छिन विभिन्न संघ ,सस्थामा काम गरेको ओलि सग अनुभव छ हाल ट्रेड युनियन कांग्रेसमा काम गरिरहेको छिन ओलिलाइ धेरैले नेपाली कांग्रेस बेलकाको सभापति हेर्न चाहेको छ्न ।
अन्य कोको छ्न प्रतिस्पर्धामा ?
सभापतिकै लागि युवा नेता पदम खडका, प्रेम अधिकारी,भरत कार्की,दिपक कोइराला, दिपा राई,रमणध्वज राई, पर्ख र हेराइको अवस्थामा छ्न , माथिका नेतालाइ भिडायर तेस्रो धारबाट सभापति हुनेमा बिस्वस्त छ्न ।
डाक्टर नारायण खड्काको आफ्नो निर्वाचन क्षेत्र भएको हुदा उहाको आशिर्वाद कस्लाइ हुन्छ भन्ने ठ्याक्कै भन्न नमिले पनि सबै प्रतिस्पर्धामा रहेकाहरु डाक्टर सग नजिक हुन पुगेका छन ।त्यसैगरि पुरानो नेता तथा जिल्ला सदस्य बद्री सापकोटाको सहयोग जय सुबेदिलाइ हुनेमा कार्यकर्ता ढुक्क छ्न ।तर आमकार्यकर्ताले सभापति युवा नेता लभराज अधिकारी भएको हेर्न चाहेको बताय क्रियासिल सदस्य गोपाल घिमिरेले । यद्यपि बेलकाको कांग्रेसको सभापतिको लागि जिल्लानेता देखि स्थानीय नेता सम्म देखापरेपछी आ आफ्नो समुहको छलफल ,बैठक सुरु भएको छ जिल्ला सभापति बिदुर बस्नेत ,पुर्व सभापति हिमाल कार्की आ आफ्ना नेतालाइ अगाडि बढाउन बेलका आउदै जाँदै गर्न थालेको छ्न ।
बिगतबाट गुटले बिग्रेको कांग्रेस यसपटक कांग्रेसको बिधान अनुसार नया क्रियासिल थप भएको हुदा ६०% युवाहरु निर्णायक हुनेमा बिस्वत छ्न क्रियासिल सदस्य अनुप घिमिरे ।

Related posts
राजनीति

जेनेभाको आजीवन प्रतिवन्धमा परे सुदर्शन र भूपतिलाल, रेडक्रसलाई पनि केही हप्तामै प्रतिबन्ध लाउने चेतावनी

1 Mins read
आवर बेलका/राजनीतिक भागबन्डा र मुद्दा मामिलाबाट थिलथिलो पारिएको नेपाल रेडक्रसका समस्याहरूलाई इमानदारीपूर्वक समाधान नगरे प्रतिबन्धका लागि सिफारिस गर्ने चेतावनीयुक्त पत्र रेडक्रसको अन्तर्राष्ट्रिय…
राजनीति

नेकपा माओवादी केन्द्र बेलका नगरकमिटिको संसदीय दलको बैठक सम्पन्न

1 Mins read
आवर बेलका/असार ८ नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र बेलका नगर संसदीय दलको बैठक असार ८ गते सनिवार पार्टी कार्यलय रामपुरमा बसेको हो।।…
राजनीति

नेकपा एमाले बेलकाको अध्यक्षमा हिराजंङ्ग राई अन्य पदमा को निर्वाचित भय?

1 Mins read
नेकपा एमाले बेलका नगरपालिका कमिटीको अध्यक्षमा हिराजङ्ग राई चयन भएका छन्। एमाले नगरपालिका कमिटीको शुक्रबार रामपुरमा सम्पन्न दोस्रो अधिवेशनले राईलाई अध्यक्षमा सर्वसम्मत…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *