NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
राजनीति

रामपुर बजारमा युवाहरूले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध प्रर्दशन गरेका छन् ।

1 Mins read

आवर बेलका/ प्रधानमन्त्री ओलीको सिफारिसमा आइतबार राष्ट्रपतिले संघीय संसद विघटन गरेपछि आफनै पार्टी तथा अन्य पार्टीका युवा-विद्यार्थीले पर्दशन गरेका हुन् ।
बेलकाको केन्द्र बिन्दु रामपुरमा सोमबार आयोजित विरोधसभामा बोल्दै युवा-विद्यार्थीहरुले प्रधानमन्त्री ओलीविरुद्ध नाराबाजीसमेत गरेका थिए ।
अनेरास्ववियू,नेबि संघ ,राष्ट्रिय युवा संघठन ले ‘गणतन्त्र विरोधी हर्कतको प्रतिवाद गरौं’, ‘संसद विघटन खारेज गरौं’, ‘तानाशाह मुर्दावाद’, ‘खड्ग ओलीको प्रतिवादी कदम मुर्दावाद’, ‘नालायक केपी ओली मुर्दावाद’ जस्ता नारा लगाउँदै विरोध प्रदर्शन गरेका थिए ।
प्रधानमन्त्री ओलीले चालेको कदमको कडा विरोध गर्दै अनेरास्ववियू नेता सागर धमलाले ओलीलाई पार्टीबाटै निष्कासन गर्न माग गरे ।
‘ओलीले प्रधानमन्त्री र नेकपाको अध्यक्ष बन्ने नैतिकता गुमाइ सकेका छन्,’ नेता धमलाले भने, ‘ओलीलाई पार्टीको साधारण सदस्य नै नरहने गरी निस्कासन गरियोस ।’
त्यस्तै लोकतन्त्रको रक्षाका निम्ति आन्दोलन सुरु गर्न लागेको अनेरास्ववियुका केन्द्रीय सदस्य भरत घिमिरेले बताए । ‘संसद विघटन गरेर प्रधानमन्त्री ओलीले संवैधानिक ‘कू’ गर्नुभएको छ,’ केन्द्रीय सदस्य घिमिरेले भने, ‘गणतन्त्रको रक्षाका निम्ति आन्दोलनको आगो बाल्छौं ।’

उनीहरुले प्रतिनिधि सभा विघटन गर्नु प्रधानमन्त्री ओलीको अवैधानिक, अलोकतान्त्रिक र निरंकुशता भएको बताए नेबि संघका नेता सुमन खतिवडाले ,त्यसैगरी राष्ट्रिय युवा सङ्ठन बेलका सम्योजक अनिल नेपालले रास्ट्रपति र प्रधानमन्त्रीले गम्भीर गल्ती गरेको र १ मिनेट पनि पदमा बस्न नसुहाउने बताय ,विद्यार्थी नेता नबराज भट्टराईले समेत आफ्ना भनाइ राखेका थिए ।

Related posts
राजनीति

जेनेभाको आजीवन प्रतिवन्धमा परे सुदर्शन र भूपतिलाल, रेडक्रसलाई पनि केही हप्तामै प्रतिबन्ध लाउने चेतावनी

1 Mins read
आवर बेलका/राजनीतिक भागबन्डा र मुद्दा मामिलाबाट थिलथिलो पारिएको नेपाल रेडक्रसका समस्याहरूलाई इमानदारीपूर्वक समाधान नगरे प्रतिबन्धका लागि सिफारिस गर्ने चेतावनीयुक्त पत्र रेडक्रसको अन्तर्राष्ट्रिय…
राजनीति

नेकपा माओवादी केन्द्र बेलका नगरकमिटिको संसदीय दलको बैठक सम्पन्न

1 Mins read
आवर बेलका/असार ८ नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र बेलका नगर संसदीय दलको बैठक असार ८ गते सनिवार पार्टी कार्यलय रामपुरमा बसेको हो।।…
राजनीति

नेकपा एमाले बेलकाको अध्यक्षमा हिराजंङ्ग राई अन्य पदमा को निर्वाचित भय?

1 Mins read
नेकपा एमाले बेलका नगरपालिका कमिटीको अध्यक्षमा हिराजङ्ग राई चयन भएका छन्। एमाले नगरपालिका कमिटीको शुक्रबार रामपुरमा सम्पन्न दोस्रो अधिवेशनले राईलाई अध्यक्षमा सर्वसम्मत…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *