Site icon Our Belaka

पुर्व विद्यार्थी समाज द्वारा बिध्यालयलाइ सहयोग

आवर बेलका/ बेलका नगरपालिका वार्ड न १/२ का ७ वटा सामुदायिक बिध्यालयलाइ पुर्व विद्यार्थी समाज द्वारा खेलकुदका सामानहरु फूटबल ,भलिबल,स्किपिङ,लुडो, चेस र रिङ बिद्यालयहरुलाइ बितरण गरिएको छ ।

बेलका नगरपालिका- १ मा ३ ओटा बिद्यालय र बेलका नगरपालिका – २ मा ४ ओटा आधारभूत र माध्यमिक सबै बिद्यालयहरुलाइ खेलकुद सामाग्री हस्तान्तरण गरिएको हो ।
बिद्यार्थीहरुलाइ पढाई सङै खेलकुदमा पनि अगाडी बढाउने उद्देश्यले खेलकुद सामाग्री बितरण गरेको र यश अघि यो कोरोनाको बिषम परिस्थितिमा बिद्यार्थीहरुको लागि मास्क सेनिटाइजर थर्मलगन यश अघि पनि पुर्व विद्यार्थी समाजले बितरण गरिसकेको हो ।बेलका- १ को श्री जनता माध्यमिक बिध्यालय पुरन्दह, सरस्वती आधारभूत बिद्यालय भालमन्ती ,श्री नारायण देबजी चौधरी माध्यमिक बिध्यालय आम्बासी,
बेलका- २ को श्री तपेश्वरी आधरभुत बिध्यालय गलफडिया,
राम जानकी आधरभुत बिध्यालय रामनगर,सप्तकौशिका माध्यमिक बिध्यालय भागलपुर ,चन्दोदय आधरभुत बिध्यालय चन्द्रपुर, लाई एक कार्यक्रम गरि बितरण गरिएको बताय स्थानीय युवा अभियन्ता कृष्णमान चौधरीले ।
पुर्व विद्यार्थी समाजको नेतृत्वमा सामाजिक कार्य साबिक तेपेस्वरीमा हुँदै आएको र विशेषगरी शिक्षा क्षेत्रलाई मजबुत र गुणस्तरीय शिक्षा दिलाउन ,दबाब गर्न भरपर्दो शिक्षाको लागि अगाडि बढिएको बताय युवा अभियन्ता कुबेर लुइँटेल ले ।
यो अभियानले एक सार्बजनिक पुस्तकालय बनाउन समेत अगाडि बढेको र नगरपालिका बाट ५० हजार सहयोग भैसकेको छ भने नगरपालिका भित्रका सबै बिध्यलयलाइ खेलकुद सामग्री बितरण गर्ने बताए अभियन्ता राज साहले ।

Exit mobile version