Site icon Our Belaka

थापा केन्द्रिय सदस्यमा मनोनीत

आवर बेलका/ नेपाल कम्युनिस्ट पार्टी विभाजनको प्रभाव उदयपुरमा पनि परेको छ। छुट्टाछुट्टै रुपमा बसेको नेकपाको तेस्रो केन्द्रीय समिति बैठकबाट औपचारिक रुपमै पार्टी विभाजनको दिशामा गएको छ।
उदयपुर बाट बेलका नगरपालिकाका प्रमुख दुर्गाकुमार थापा सहित ९ जना केन्द्रिय सदस्य थपिएको हुन ।

जिल्लाबाट ओली पक्षकी नेत्री मन्जु कुमारी चौधरी अगाडी नै एकीकृत नेकपाको केन्द्रीय सदस्य थिइन्। प्रधानमन्त्री ओलीले यसअघि नेकपामा ४ सय ४६ जनाको केन्द्रीय कमिटी रहेकोमा तत्काल ५ सय ५६ जना थप गरी बाँकी १ सय ९७ थप गर्न सक्ने गरी केन्द्रीय कमिटी घोषणा गरेका छन्।
यद्यपि दुबै पक्षले आफ्नो टिम आधीकारीक भएको प्रमाण निर्वाचन आयोगमा पेश गरेका छ्न , आयोगले छिनोफानो गर्न अझै २ हप्ता लाग्ने बताएको छ ।

Exit mobile version