अवार बेलका/ १७ पुष / नव सार्वजनिक यूवा क्लबको उप-समिती यूवा तथा खेलकुद बिकास समितिद्वारा हाजिरी जवाफ प्रतियोगिता कार्यक्रम सप्पन्न भएको हो।
बेलका नगरपालिका वडा न-१र२ मा रहेका सामुदायिक र निजि बिद्यालय गरि जम्मा ६ ओटा बिद्यालयहरु सो कार्यक्रममा सहभागी भएका थिए।
बेलका नगरपालिका वडा न १ का २ बिद्यालयहरु श्री नारायण देबजी चौधरी मा बि आम्बासी र श्री जनता बेलका मा बि पुरन्दह तसैगरी बे न पा २ का श्री सप्त्कौशिका मा बि भागलपुर , बाल बिद्या मन्दिर इगलिस बोडिङ स्कूल,उदयपुर लिटल हेभन बोडिङ स्कुल र तपेश्वरी आ बि गलफडिया गरि ४ ओटा बिद्यालय सहभागी थिए।साथै प्रत्येक बिद्यालय बाट १/१ जना संरक्षक शिक्षक पनि उपस्थित थिए।
बेलका नगरप्रमुख ज्यूको प्रमुख आतिथ्यमा(उपस्थित नभयपनि सुभकामना मन्तव्य फोन बाट दिएका थिए), बेलका नगर उप-प्रमुख को राजकुमारी चौधरीको बिशेष अतिथी त्यसैगरी बेलका नगर स्तरीय थारु उत्थान बिकास समितिका अध्यक्ष ,तपेश्वरी मध्यबर्ती सामुदायिक होम स्टेका अध्यक्ष , शिर्जनशिल टोल बिकास समितिका अध्यक्ष ,शक्तिशाली टोल बिकास समितिका अध्यक्ष,पुर्ब टोल बेल्हा टोल बिकास समितिका अध्यक्षहरुको अतिथिमा कार्यक्रम भएको थियो।
कार्यक्रममा उपप्रमुख चौधरीले समेत आफ्नो महत्त्वपूर्ण भनाइ राखेकी थिइन भने नव सार्वजनिक यूवा क्लब यूवा तथा खेलकुद बिकास समितिका संयोजक श्री कृष्णमान चौधरीले कार्यक्रममा पाल्नु भएका सम्पूर्ण अतिथि गणहरुलाइ स्वागत गरे।संयोजक चौधरीले बिद्यार्थीको बौद्धिक बिकास गर्नका लागि सो कार्यक्रम गरेको बताए ।आगामी दिनहरुमा बच्चा देखि यूवा,बयस्क का लागि पनि अरु नयाँ नयाँ कार्यक्रम गर्ने बताए ।


