Site icon Our Belaka

वराहक्षेत्रमा मकर संक्रान्ती मेलाको तयारी ( कोरोनाले सुस्ताएको व्यापार , बढ्छ भन्ने आश)

संगम बिष्ट/ चतरा
सुनसरीको वराहक्षरेधाममा माघ १ गते लाग्ने मकर सक्रान्ती मेलाको तयारी सुरु गरिएको छ । करिब ११ महिना मेला पर्वमा समेत कोभिटका कारण सुनसान वराहक्षेत्रमा माघे मेलामा भक्तजनहरुलाई भित्राउन स्थानिय ब्यापारी लागि परेका छन् । मेला आयोजक समिति वराहक्षेत्र संरक्षण मञ्चका अनुशार मेलाको तयारी सुरु गरिएको छ । गत चैत्रदेखि सुस्ताएको भक्तजनको आगमनलाइ माघ १ गते बढाउने आश वराहक्षेत्र संरक्षणले लिएको सचिव राजु अधिकारीले बताए । उनले भक्तजनहरु , तिथयात्रीलाई स्वागत गर्न वराहक्षेत्रधाम तयार र आतुर रहेको बताए छ । पौष मसान्तको रातदेखि माघ १ गते सम्म लाग्ने मेलाकालागि सरसफाइ र रङरोगन लगाई सकिएको छ । अब व्यापारीकालागि स्टल र स्नान घाट व्यवस्थापन गर्न बाकि रहेको संरक्षण मञ्चका सचिब घिमिरेले बताए ।

माघ १ गते कमर स्नान गर्न तिर्थालु वराहक्षेत्र आउने गर्दछन् । वराह पुराणका अनुशार माघ १ गतेबाट उत्तारक सुर हुन्छ र देवताहरु जागृत हुन थाल्छन। माघ १ गतेवाट नै सुर्य मकर रासिमा प्रवेश गर्न भएकाले यसलाई मकर संक्रान्ति भन्ने गरिन्छ । र यश दिन ठुला तिर्थ र तलाऊमा गएर स्नान गर्दा अरुबेलाका भन्दा हजार गुणा बढि पुन्य मिलने पण्डित योगश भण्डारीले बताउछन् । उनी भन्छन् ” कोशिकी तिरे कोका नदि संगमे मगर संक्रान्ति य कोरिती ” संस्कृत भाषामा उल्लेखित रहेको सिलोकका अनुशार यस दिन वराहक्षेत्रमा स्नान गर्दा अनन्तकाल सम्म भगवानको धाममा बस्न पाइन्ने छ । यस दिन वराहक्षेत्र स्थित कोका कौशिकीमा स्नान गरे बिगतका गरेको गल्तीबाट मुक्ति र ध्यन भइने मान्यता रहेको छ ।शरिरमा भएका लुतो, खटिरा जन्य बस्तु हराएर जानेछन् । भने शुद्ब मनले स्नान गरे वराह भगबानको दर्शन गरे सोचेका कुरा पूरा हने जनबिश्बास र किमदन्ति समेत रहेको छ ।त्यस कारण मेला भर्न मकर स्नान गर्न नेपालबाहिरबाट पनि तिर्थालुहरु आउने गर्दछन् । माघे मेलामा कोवा कौशिकिको संगम स्थलमा गएर स्नान गर्ने परम्पता रहेको छ।
कोका कौशीको संगममा स्नान गर्न देश बिदेशबाट भक्तजन आउने संरक्षण मञ्चका अध्यक्ष भक्त श्रेष्ठ बताउछन् । यर यो बर्ष कोरोनाको त्रासले गर्दा भक्तजन गत बर्षको भन्दा कम हुने अनुमान अनुमान गरिएको उनले बताए । सनातनकालदेखि स्नान गर्ने पर्वको रुपमा मनाउने माघे मेलाको अवसरमा नदिहरुका संगमस्थलहरुमा धार्मिक मेला लाग्ने गर्दछ ।सोही अबशरमा हिन्दु धर्मका प्रमुख चार धाम मध्ये एक मानिएको बराहक्षेत्र धाममा लाग्ने माघे संक्रान्ति मेला संसारमै प्रसिद्ध छ ।

मकर स्नानसंगै मेलामा स्थानिय क्षेत्रमा उत्पादित बस्तुसंगै होटल, प्रसाद, फलफुल, तरुल, वदाम, सुन्तला जस्ता बस्तुहरुको समेत व्यापार बढ्ने छ । अझ १० महिनादेखि सुस्ताएको व्यापार माघे मेलामा बढ्ने आश स्थानीय व्यापारीले गरेका छन् । बर्सेनि ५०-५५ हजार भक्तजन आउने माघेमेलामा यस पटक कोभिटका कारण अलिक कम आउने अनुमान संरक्षण मञ्चले गरेको छ । माघ संङ्ग्रान्तिका दिन लागेन माघे मेला तरुल, सुढुनी, बदाम , सुन्तला जस्ता वराहक्षेत्रसंग जोडएको धनकुटको सुन्तला, सुर्यकण्डका हर्दि , अदुवा जस्ता बस्तुहरु सुनसरीबाहिरबाट आउने तिर्थालुहको आखामा पर्दछ ।

Exit mobile version