Site icon Our Belaka

मुख्यमन्त्री राई माघ ११ गते बिबाह गर्दै

आवर बेलका/ प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले कहिले विवाह गर्लान ? धेरैले चासो राख्ने विषय हो । 
सञ्चारमाध्यमले पनि उनीसँग लिने गरेका अन्तर्वार्तामा यो प्रश्न प्राय छुट्दैन थियो । अब केही दिनमै मुख्यमन्त्री राई यो प्रश्नबाट छुट्करा पाउँदैछन् । 

उनको विवाहको लगन माघ ११ गते जुरेको छ । काठमाडौंमा उनले माघ ११ गते शेर्पा थरकी युवतीसँग विवाह गर्ने भएका हुन् । 

संघीय सरकारका सूचना तथा सञ्चार मन्त्री समेत बनिसकेका मुख्यमन्त्री राई उच्च पदमा पुगेसँगै उनको विवाहको चर्चा चल्ने गरेको थियो । 

यस अघि उनले सञ्चारमाध्यममा प्रदेशको नामाकरण पछि विवाह गर्ने भनेर बताउँदै आएका थिए । तर आफ्नै पार्टी नेकपा फुटको संङ्घारमा पुगे सगै मुख्यमन्त्री राई माथी अबिस्वासको प्रस्ताव दर्ता गरिसकेको छ्न भने राई हाल ओलि समुहमा छ्न ।

Exit mobile version