कृष्णमान चौधरी / ३ माघ/ बेलका नगरपालिका वडा न १ मा रहेको तपेश्वरी ब्याडमिन्टन क्लबको आयोजनामा बेलका नगर स्तरीय
वडा अध्यक्ष कप ब्याडमिन्टन प्रतियोगिता सप्पन्न भएको छ । उक्त खेल मिति २०७७/१०/२ गते शुक्रबार उदघाटन बेलका नपा वडा न १ का वडा अध्यक्ष श्री दिनेश्वर प्रसाद चौधरिले उक्त खेलको उदघाटन गरेका हुन ।
बेलका नगरपालिका वडा न १ बाट रु ५० हजार साथै अन्य ब्यक्ती, संघ संस्था हरुको सहयोग बाट कार्यक्रम सन्चालन भएको हो ।
खेलमा बेलकाका विभिन्न ठाउँहरुबाट खेलाडीहरु सहभागी भएका थिए । उक्त खेलमा ३६ टीमको सहभागी रहेको थियो। सो खेलमा प्रथम बिजेता लिलाकान्त चौधरी+लक्ष्मी प्रसाद चौधरी, दोस्रो बिजेता गणेश बस्नेत + दमन कटवाल त्यसैगरी तेस्रोमा नुनिराम राई + अनिश तामाङ्ग र ललित तामाङ्ग +कैलाश साप्कोटा भएको हुन । बिजेता टीमले नगद रु१०००० हजार, मेडल र प्रमाणपत्र दोस्रो हुने टीमले नगद रु ६००० , मेडल र प्रमाणपत्र त्यसैगरी तेस्रो हुने टीमले नगद रु ३००० , मेडल र प्रमाणपत्र को ब्यबस्था रहेको थियो। आजको समापन तथा पुरस्कार बितरन कार्यक्रममा पुरस्कार बेलका
नगरपालिका वडा न १ का वडा अध्यक्ष दिनेश्वर प्रसाद चौधरीले गरेको हुन । सो कार्यक्रममा वडा न १ का वडा सदस्य,बेलका न पा १ र २ का स्थानीय समाजसेबी बुद्धिजिबि हरि नारायण चौधरी , बालजित राई ,टंक बहादुर तामाङ्ग , साथै खेलप्रेमी स्थानीय यूवाहरुको बाक्लो उपस्थिति रहेको थियो।


