बुद्धि चामलिङ राई काठमाडौ, माघ ८/ काठमाडौमा माघ ७ गते बुधबार देखि सुरु राष्ट्रिय महिला फुटबल लिग अन्तरगत चौदन्डिगडि नगर महिला फुटवल टिम उदयपुरले आफ्नो पहिलो खेल नेपाल पुलिस महिला फुटबल क्लब सङ्ग खेल्ने भयको छ । २०७७ माघ ९ गते शुक्रवार काठमाडौ सातदोबाटो स्थित एन्फा खेलमैदानमा दिउँसो २ बजे नेपाल पुलिस क्लब सङ्ग पहिलो खेल खेल्ने भयको हो । चौदन्डिगडि फुटबल टोलिलाइ चौदन्डिगडि नगरपालिकाले बुधबार बिदाइ कार्यक्रम आयोजना गरि बिदाइ गरेको । एक महिना सम्म बेल्टार स्थित खेलमैदानमा बन्द प्रशिक्षणमा राखियको टोलि माघ ५ गते सोमबार नै काठमाडौ जाने भनिय पनि दुई दिन पछि माघ ७ गते बुधबार राती काठमाडौ पुगेका हुन । चौदन्डिगडि नगरपालिकाका प्रमुख खगेन्द्र राई र उपप्रमुख रिताकुमारी चोउधरिले खेलाडीहरुलाइ फुटबल का खेलकुद सामाग्री ट्रयाकसुट, जर्सी, फुटबल, पन्जा दिदै दोसल्ला लगाइदियर जित हासिल गरि गृह नगर फिर्ता हुन शुभकामना दियका थिय । सो बिदाइ कार्यक्रममा चोउदन्दीगढी नगरखेलकुद बिकास समितिका अध्यक्ष शशिचन्द्र राई, सचिब भास्कर चोउधरी, सदस्य देबिराज राइ, स्थानिय समाजसेबी राजेन्द्र पोउडेल, ज्ञानेन्द्र प्रधान, बिदुर राई, एशब राई, केशब आले, दिपक राउत, चोउदन्दीगढि नगर खेलकुद बिकास समितीका सल्लाहाकारहरु तस्बिरा तामाङ, राजेन्द्र बिद्रोहि लगायतले सफलताको शुभकामना दियका थिय । २०७७ पुस ३ गते देखि बन्द प्रशिक्षणमा रहेका २७ खेलाडी मध्ये २३ खेलाडी अन्तिम छनोटमा परेका छन । छनोट हुने २३ खेलाडिहरु देबिका श्रेष्ठ गोल्किप्पर बसाहा, युनिका चामलिङ राई कप्तान बसाहा, चोमोलोङमा राइ बसाहा, मनिका राई बसाहा, एल्जिना राई बसाहा, निता राई बसाहा, नमिता राई बसाहा, मनिता तामाङ्ग बसाहा, देबकला राई बसाहा,अन्जना तामाङ्ग बसाहा, सजना सुब्बा, बसाहा, पुर्णमाया राई (जीवन)रामपुर रहेका छन । त्यस्तै सरस्वती चोउधरी गाइघाट, अमृता राइ देउरी , सबिता तामाङ नेपालटार, अन्जना थुलुङ राई धनकुट्टा, सुनिता घिसिङ तामाङ धनकुट्टा, सन्ध्या रम्तेल धनकुट्टा ,सुस्मिता राई धनकुट्टा, अनुशा थेवे ताप्लेजुङ्ग , सुमिका राई इलाम, सपना राई रामपुर र अस्मिता राई रामपुर रहेका छ्न । बन्द प्रशिक्षण मा रहेका २७ खेलाडी मध्ये सुमित्रा दाहाल, सम्झना राई, ममता राइ र लछ्मी राइ अन्तिम २३ जना खेलाडी छनोट मा छानिन नसकी टिममा पर्न सकेनन । टिम को गोलकिप्पर को जिम्मेवारी देबिका श्रेस्ठ,शुस्मिता राई र सजना सुब्बाले सम्हाल्ने छन भने स्ट्राइकरको जिम्मेवारी मनिता तामाङ्ग, सरस्वती चौधरी, सुनिता घिसिङ्गले सम्हाल्ने छ । हिजो बुधबार दशरथ रङ्गशाला काठमाडौमा भयको उदघाटन खेलमा दुई बिभागिय टिम त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब गोल रहित बराबरी खेल्दै एक – एक अङ्क बाडेको छ । बिभागिय क्लबले कुनै योउटा टिमले जित हासिल गर्न नसक्दा दुबै टिमलाई ३ अङ्क बटुल्ने मोउका गुमेको छ । आर्मी र पुलिस दुबै टिमले १-१ अङ्क बाड्नु पर्दा अन्य टिमलाई फाइदा पुगेको छ भने यी दुबै टिमलाई बराबरी अङ्क बाड्दा १-१ अङ्क भय पनि अर्को खेलमा पुनरागमन हुन थप सहयोग मिलेको छ । 
चौदन्डिगडिले पहिलो खेल नेपाल पुलिस सङ्ग खेल्दै
