कृष्णमान चौधरी / ८ माघ/ बेलका नगरपालिका वार्ड न: १ र २ मा खेलकुदका सामाग्री फूटबल बितरण गरेको छ। यसै महिनामा बेलका नगरपालिका वडा न २ , भागलपुर मा हुन गैरहेको वडा स्तरीय फूटबल प्रतियोगिता अभ्यासका लागि यूवा अभियानता बेलका न पा -१ र २ ले जम्मा ६ ओटा फूटबल बितरण गरेको छ ।

यूवा अभियानता बे न पा २ गलफडिया निवासी श्री इश्वर घिमिरेले १ थान , हाल नबलपरासि जिल्लामा कार्यरत प्रहरी निरीक्षक श्री किरण थापाले १ थान ,नापी शाखा कार्यालय रुपन्देहीमा कार्यरत श्री गोपाल प्रसाद पाण्डेले १ थान , नबलपरासी जिल्लामा इन्जिनियर पोस्टमा कार्यरत श्री संजय ओलिले १ थान ,ईलाका प्रहरी कार्यालय ढल्केबरमा कार्यरत प्रहरी निरीक्षक श्री केबल कार्कीले १ थान र यूवा अभियानताका संयोजक श्री कुबेर लुइँटेल ले १ थान गरि जम्मा ६ थान फूटबल सहयोग आएको र उक्त फूटबल सामाग्री बे न पा आम्बासी खेलमैदानमा १ थान, भालमन्ती खेल मैदानमा १ थान,
बे न पा २, पारुहाङ्ग फूटबल क्लब लाई २ थान ,लालिगुरास फूटबल क्लब भागलपुर लाई १ थान , नव सृजना रंगशाला लाई १ थान हस्तान्तरण गरेको छ।
फूटबल सामाग्री दिन यूवा अभियानका श्री कृष्णमान चौधरी र मेघनाथ चौधरीले फूटबल खेल मैदान मै गएर बितरण गरेका छ्न । खेलकुद सामाग्री फूटबल पाउँदा स्थानीय खेलाडीहरु हर्षित भएका छन ।
