NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
राजनीति

प्रतिगमनको विरुद्धमा आन्दोलनमा जुट्ने नेकपा कटारीको निर्णय

1 Mins read

कटारी । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड माधव समूहले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगमन विरुद्धमा आन्दोलन सशसक्त बनाउने निर्णय गरेको छ ।

मंगलबार नेकपा कटारी नगरकमिटीको बैठकले प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरी देशलाई प्रतिगमनको बाटोमा धकेलेको भन्दै आन्दोलनलाई शसक्त बनाउने निर्णय गरेको नेकपा कटारी नगर कमिटीका अध्यक्ष मणीराज दाहाल (बादल) ले जानकारी दिए । दाहालका अनुसार प्रतिगमनकारी कदम नसच्याए सम्म आन्दोलनमा निरन्तर गरिरहने प्रतिबद्धतासहित महत्वपूर्ण निर्णयहरु पारित गरेको छ । ‘पार्टी केन्द्र, प्रदेश र जिल्लामाबाट आएका आन्दोलनका कार्यक्रमलाई सशक्त रुपमा कार्यन्वय गर्ने, नगरपालिकाका १४ वटै वाडामा प्रतिगमनको विरुद्धमा कालो झण्डा र व्यानर राख्ने, माघभित्र बाँकी रहेका वाडा कमिटीको शपथ ग्रहण सक्ने लगायतका निर्णय गरेको छ, अध्यक्ष दाहालले भने, ‘प्रतिनिधि सभा विघटन गर्ने ओलीको कदमको विरोधमा तेश्रो चरणको आन्दोलन अन्र्तगत माघ १६ गते सहिद दिवसका दिन विराटनगरमा जनप्रदर्शन गर्ने तयारी गरिएको छ, कटारीले विशेष उपस्थिति जनाउने निर्णय समेत गरेको छ ।’

माघ १६ गतेको प्रदर्शनलाई कटारी नेकपाले हजारौँको संख्या शुभचिन्तक, सर्मथक, कार्यकर्ता लैजाने तयारी समेत थालेको बताइएको छ । विराटनगरमा प्रदेश १ कमिटीकै आयोजनामा हुने जनप्रदर्शन र आमसभालाई पूर्वप्रधानमन्त्री नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

बैठकमा प्रमुख प्रमुख अतिथि नेकपा उदयपुरका अध्यक्ष विनोद कटुवालले (दिवश)ले प्रतिगमनको विरुद्धमा पार्टी केन्द्र, प्रदेश र जिल्लाका कार्यक्रमहरु कार्यन्वय गर्न निर्देशन दिएको बताइएको छ । यसैगरी नेकपा प्रदेश १ कमिटीका सदस्य भेषकुमारी राउत(कोपिला) ले आन्दोलनलाई थप सशक्त बनाउन नेकपा कटारी नगरकमिटीलाई आग्रह गरेकी थिइन् ।

प्रधानमन्त्री ओली संसद विघटन गरेपछि दुई समूहमा विभाजन भएको नेकपामा एक समूहको कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र अध्यक्ष माधवकुमार नेपालले नेतृत्व गरेका छन् । जसलाई नेकपा प्रचण्ड र अर्को समूहलाई अध्यक्ष तथा प्रधानमन्त्री ओलीले नेतृत्व गरेका छन् । जसलाई नेकपा ओली समूह भन्ने गरिएको छ । दुई समूहमा विभाजन भएको नेकपा कटारीमा प्रचण्ड माधव समूह बलियो देखिएको छ । प्रचण्ड माधव समूहमा नेकपा कटारी नगर कमिटीका दुई तिहाइ सदस्य छन् । ‘कटारी नगर कमिटीका दुईतिहाई सदस्यहरु प्रतिगमनको विरुद्धमा हुनुहुन्छ,’ नगर कमिटी अध्यक्ष दाहालले भने, ‘नगरदेखि वाडा कमिटीको नेकपा संसद विघटनको विरुद्धमा छ् ।’

Related posts
राजनीति

जेनेभाको आजीवन प्रतिवन्धमा परे सुदर्शन र भूपतिलाल, रेडक्रसलाई पनि केही हप्तामै प्रतिबन्ध लाउने चेतावनी

1 Mins read
आवर बेलका/राजनीतिक भागबन्डा र मुद्दा मामिलाबाट थिलथिलो पारिएको नेपाल रेडक्रसका समस्याहरूलाई इमानदारीपूर्वक समाधान नगरे प्रतिबन्धका लागि सिफारिस गर्ने चेतावनीयुक्त पत्र रेडक्रसको अन्तर्राष्ट्रिय…
राजनीति

नेकपा माओवादी केन्द्र बेलका नगरकमिटिको संसदीय दलको बैठक सम्पन्न

1 Mins read
आवर बेलका/असार ८ नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र बेलका नगर संसदीय दलको बैठक असार ८ गते सनिवार पार्टी कार्यलय रामपुरमा बसेको हो।।…
राजनीति

नेकपा एमाले बेलकाको अध्यक्षमा हिराजंङ्ग राई अन्य पदमा को निर्वाचित भय?

1 Mins read
नेकपा एमाले बेलका नगरपालिका कमिटीको अध्यक्षमा हिराजङ्ग राई चयन भएका छन्। एमाले नगरपालिका कमिटीको शुक्रबार रामपुरमा सम्पन्न दोस्रो अधिवेशनले राईलाई अध्यक्षमा सर्वसम्मत…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *