NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
समाचार

बेलकामा शुरु भयो नि :शुल्क आँखा सिविर आंखाको कारणले कोहि चिन्तित हुनु पर्दैन मेयर= थापा

1 Mins read

सुमन सागर / बेलका
” आँखा अनमोल मोति, सुरक्षीत नेत्र ज्योती” भन्ने मुल नाराका साथ बेलका नगरपालिकामा बृहत् निशुल्क आँखा सिविर मंगलबार बाट बेलका आँखा अस्पतालमामा शुरु भएको छ।

बेलका नगरपालिका आँखा अस्पतालको आयोजना र मेची आँखा अस्पतालको प्राबिधिक सहयोगमा सन्चालन भएको सिविरको बेलका नगरपालिका नगर प्रमुख दुर्गा कुमार थापा र उप प्रमुख राज कुमारी चौधरिले संयुक्त रुपमा ब्यानर पढेर उद्घाटन गरेका छन ।

५ दिन सम्म सन्चालन हुने सिविरमा अप्रेसन सहिद सबै खाले औषधि , चस्मा निशुल्क बितरण गर्ने सामाजिक साखा प्रमुख गोपाल निरौलाले बताए।

कार्यक्रमका सभा अध्यक्ष साथै बेलका नगर प्रमुख दुर्गा कुमार थापाले बेलका नगरपालिकाले स्वास्थ्यका क्षेत्रमा धेरै काम भएको बताएका छन। आंखा सिविर देखि स्वास्थ्य सिविर ठाउँ ठाउँमा सन्चालन गरि स्थानियलाई प्रत्यक्ष रुपमा सेवा प्रदान गरेको बताए।
उत्पादनमा हाम्रो साथ, बस्दिन म खाली हात” भन्ने नारालाई सार्थकता दिन र उत्पादन बढाउन पहिला ब्याक्ती स्वास्थ हुनुपर्ने बताउदै स्वास्थ्यको क्षेत्रमा बेलकाले महत्त्वपूर्ण काम गरेको बताए। हामिले बिकट र टाढाका मानिसलाई सहज बनाउन सहज हुने स्थानमा आँखा सिविर सन्चालन गरेका छौ मैनामैनी, तपेश्वरी, बबला लगायतका क्षेत्रमा सिविर सन्चालन गरेका छौं र आंखाको अप्रेसन गर्नु पर्नेको सबैको अप्रेसन हुने मेयर थापाले बताए।

तीन बर्ष देखि निरन्तर नगरपालिका सङ्ग समन्वय गरि धेरै कार्यक्रम गरेका छौँ , यस भन्दा अगाडि पनि बेलका नगरपालिकाका धेरै स्थानमा सिविर सन्चाल गरि १३ सय जनाको आँखा चेक गरि १ सय ८६ जनाको निशुल्क आंखाको अप्रेसन गरेको मेची आँखा अस्पताल शिबिर संयोजक कबिता कार्किले बताइन। हरेक मानिसमा एक पटक मोतिया बिन्दु हुने भएकाले प्रत्येक ६/६ महिनामा आँखा चेक गर्नु पर्नेमा संयोजक कार्कीले जोड दिईन।

बेलका नगरपालिकाको हरेक नारा , नारा मात्र नभएर नाराको कार्वान्यन गर्दै हरेक बेलका बासिको सुख दुखमा साथ दिएको नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष मनोज तामाङ बताए। गरिब दुखी, असहाय , बिद्यार्थीहरुलाई बिधालयमै गएर आँखा चेक गरेकोमा बेलका नगरपालिका र मेची आँखा अस्पताललाई धन्यवाद दिदै यस्ता कार्यक्रमको आवस्यक्ता सधै खड्किने बताएका छन।

Related posts
समाचार

बुद्ध चोकमा भगवान बुद्धको मूर्ति अनावरण

1 Mins read
रामपुर- बेलका नगरपालिका-३ स्थित बुद्धचोकमा भगवान बुद्धको मूर्ति अनावरण गरिएको छ । बेलका नगरपालिकाका नगर प्रमुख अशोक कार्कीले बिहीबार बुद्ध मूर्तिको अनावरण…
FEATUREसमाचार

मोबाइल पत्रकारितामा बेलकाका युवाको आकर्षण, पाँच दिने मल्टिमिडिया प्रशिक्षणमा २५ युवा सहभागी

1 Mins read
रामपुर– बेलका मिडिया प्रालिको आयोजनामा ५ दिनसम्म आयोजना गरिएको मल्टिमिडिया मोबाइल पत्रकारिता तालिमको सोमबार समापन गरिएको छ । बेलकाका २५ युवा सकृयतापूर्वक…
FEATUREसमाचार

झोलुङ्गे पुलले जोडिँदै चतराधाम र महाङ्काली मन्दिर

1 Mins read
रामपुर– सप्तकोशी नदीले छुट्याएको सुनसरी र उदयपुरका धार्मिक तीर्थ जोड्न झोलुङ्गे पुल लगाइने भएको छ । सुनसरीको चतराधाम र उदयपुरको बेलकातर्फ पर्ने…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *