उदयपुरको बेलका नगरपालिकाका चार सल्लाहकारद्वारा राजीनामा दिएका छन् । सल्लाहकारहरु क्रमशः मनोज तामाङ, रमन भट्टराई, उदय अधिकारी र गंगासरी राईले संयुक्त विज्ञप्ती जारी गरी राजिनामाको घोषणा गरेको हो ।
केपी शर्मा ओलीको पौष ५ गतेको असंवैधानिक कदम र देशको पछिल्लो राजनीतिक घटनाक्रमलाई बेलका नगरपालिकाका मेयर दुर्गा कुमार थापाबाट प्रतिगमनलाई पक्षपोषण गरेको भन्दै उनीहरुले सामुहिक राजीनामा दिएका हुन् । नेकपाको विद्यान हित विपरित गतिविधि गरेको तथा कम्युनिष्ट आन्दोलनमै आँच पुग्ने गरी गतिविधिमा समेत संलग्न भएको भन्दै सल्लाहकारहरुले सामूहिक राजीनामा दिएका हुन् ।
यस्तै प्रतिगमनलाई मलजल पुग्ने गरी कुनै पनि गतिविधिमा संलग्न नहुन समेत आम पार्टी कार्यकर्ता तथा शुभचिन्तकहरुलाई अपिल गरेको छ ।
राजीनामा दिने सवै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड – माधब समुह उदयपुरका जिल्ला कमिटी सदस्य हुन् ! दुई पार्टी एमाले र माओवादी एकता गरेपस्चात नेकपा पार्टी बनिसकेपछि बेलका नगरप्रमुख थापाले आफ्ना पार्टीका केही नेतालाइ सल्लाहकार नियुक्ति गरेका थिए । सल्लाहकारले राजीनामा दिएपछि बेलकाको राजनीति माहोल एकाएक चर्चामा आएको हो । बेलका नगप्रमुख थापा नेकपा ओलि समुहका नेता हुन भने राजीनामा दिने भन्दा नदिने थापाको पक्षमा रहेको छ्न जस्मा सल्लाहकार नारद निरौला ,गणेश बस्नेत,पुस्प सुवेदी,ढ्क बहादुर बिष्ट ,यसोधरा पोख्रेल ,ललित राई मेयर थापाको पक्षमा छ्न जस्लाइ कृषि ,शिक्षा ,संचार ,आर्थिक ,भौतिक ,स्वास्थ लगायत बिभागको जिम्मेवारी पाएर काम गरिरहेको छ्न 


