नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड–माधव समूहले आह्वान गरेको आम हडतालले उदयपुरमा जनजीवन प्रभावित बनेको छ।
बेलका नगरपालिकाको रामपुर पुर्णरुपले प्रभावित पर्यो भने उदयपुरमा हडतालका कारण बिहानैदेखि लामो तथा छोटो दूरीको सार्वजनिक यातायातका सवारीसाधन सञ्चालनमा आएनन। विद्यालय, कलकारखाना, राजमार्ग आसपासका मुख्य बजार क्षेत्रका पसलहरू पूर्ण रुपमा बन्द भएको हो 
सरकारले संवैधानिक निकायहरूमा जबरजस्ती पदाधिकारी नियुक्त गरेपछि त्यसको विरोधमा आम हडताल सफल बनाउन राजमार्गमा बिहानैदेखि नेकपाका कार्यकर्ताहरू बन्द गराउँदै हिँडेका थिए।
बिहानै राजमार्ग तथा सहायक राजमार्गहरूमा सवारीसाधनहरू फाट्टफुट्ट सञ्चालनमा आएपछि नेकपाका कार्यकर्ताले सम्झाइ बुझाइ फर्काएका थिए। जिल्लाको(रामपुर) बेलका,बेल्टार,गाइघाट,मुर्कुची,कटारी लगायत क्षेत्रमा बन्दको प्रभाव परेको हो ।

बन्दका क्रममा हालसम्म उदयपुरमा कुनै अप्रिय घटना नघटेको प्रहरी कार्यालय उदयपुरले जानकारी दिएको छ । जिल्लामा कुनै अप्रिय घटना हुन नदिन मुख्य बजार क्षेत्रमा सशस्त्र र नेपाल प्रहरी परिचालन गरिएको हो ।



