Site icon Our Belaka

कालाबन्जारमा केयर फस्ट पोलिक्लिनिक को शुभारम्भ

मनोज बिष्ट / भरौला/ बराहक्षेत्र -५ कालाबन्जारमा आज एक कार्यक्रमका बिच केयर फस्ट पोलिक्लिनिकको शुभारम्भ भएको छ। बराहक्षेत्र नगरपालिकाका मेयर निलम खनालको प्रमुख आथीत्यमा सम्पन्न उद्घाटन समारोहमा मेयरले रिबन काटेर उद्घाटन गरेका हुन । कालाबन्जारमा पहिलो पटक २४ सै घन्टा डा. अमित कुमार खतिवडा र डा.प्रभास कर्ण बाट आकस्मिक तथा ओपिडी सेवा पाइने पोलिक्लिनिकमा हरेक दिन भीडीयो एक्स रे सेवा, ल्याब टेस्ट ,फार्मेसी सेवा, पारीवारीक योजना परामर्श , होम सर्भीस सेवा आदि २४ सै घन्टा उपलब्ध छ।आँखा तथा दात जाँच, साप्ताहिक रुपमा स्त्रीरोग बिसेसज्ञ बाट सेवा, आदि पनि पोलिक्लिनिकका थप सेवा रहेका छ्न। उदघाटन कार्यक्रममा बोल्दै मेयर खनालले बराहक्षेत्रमा स्वास्थ क्षेत्रमा खोलिएका क्लिनिकहरुले स्थानिय जनतालाइ पुर्याएको सुबिधा प्रती सस्था लाई धन्यवाद दिएका थिए ।

Exit mobile version