आवर बेलका/ पुर्वछाने मगरहरुको प्रदेश स्तरिय प्रथम भेला माघ २८ गते सम्पन्न भएको छ । नेपाल पुर्वछाने मगरहरुको प्रदेश स्तरिय प्रथम ऐतिहासिक भेला प्रदेश नं. १ को सुनसरीका अम्बे बचत तथा ऋण सहकारी सस्था इटहरिमा माघ २८ गते सम्पन्न भएको छ । प्रदेश नम्बर १ को भेलामा ९ जिल्लाका पुर्वछाने ५० बढी प्रतिनीधीहरुको उपस्थिती रहेको थियो । नेपाल पुर्वछाने मगर संघ २०७५ सालको माघ २३ गते काठमाडौंमा ३८२ दर्ता नम्बरमा दर्ता भएको सस्था हो । तारकेश्वर नगरपालिका वडा न.ं १० मा मुख्य कार्यालय रहेको सस्थाको तदर्थ समितिमा ११ सदस्य रहेका छन् । कार्य समितिमा रामेछापका डियम पुर्वछाने मगर (दानबहादुर) अध्यक्ष, सर्लाहीका बेनी पुर्वछाने मगर उपाध्यक्ष, उदयपुरका जयराम पुर्वछाने महासचिव , काठमाडौंका उत्तम बहादुर पुर्वछाने मगर सचिव, भक्तपुरकी सरिता राना कोषाध्यक्ष, सदस्यहरु पावर्ती पुर्वछाने मगर रामेछाप, रत्न पुर्वछाने मगर मोरङ्ग, खड्ग बहादुर पुर्वछाने रामेछाप, लोकमाया पुर्वछाने रामेछाप, दिपा पुर्वछाने सुनसरी, शेरबहादुर पुर्वछाने सिन्धुली, दिना पर्वछाने काठमाडौं रहेका छन् । प्रदेश, जिल्ला, पालिका, वडा वडाका वस्ति वस्तिमा पुर्वछानेको वंशिय अस्तित्वको पहिचान एकताका लागि भेला अयोजना भएको भेलाका ज्येष्ठ सहभागि मोरङ्ग बेलबारीका पतिराम पुर्वछानेले बताए । प्रदेश न.ं १को प्रदेश स्तरिय भेला डियम पुर्वछानेको अध्यक्षतामा महासचिव जयराम पुर्वछानेले संचालन गर्दै कार्यक्रम परिचयसँगै सुरुवात भयो । सहभागि पुर्वछानेहरुले सस्था प्रतिको धारणा व्यक्त गरेका थिए । सस्थाको लिखित विद्यान “नेपाल पुर्वछाने मगर संघ २०७५” महासचिव जयराम पुर्वछानेले क्रमशः प्रस्तुत गरे । सो विद्यान सस्थाको केन्द्रिय कार्यालय काठमाडौंद्धारा २०७५ साल माघ २३ गते पारित विद्यान हो । सहभागिहरुले केहि संसोधनको सुझाव राख्दै समर्थन गरेका थिए । तदर्थ समितिको संयोजक डियम पुर्वछानेले सस्था काठमाडौ तारकेश्वर नगरपालिका वडा न.ं १० मनमैजुमा दर्ता न.ं २४ मा मुनाफा रहित केन्द्रिय पुर्वछाने तदर्थ समितिले जिल्ला प्रशासन कार्यालयमा दर्ता न.३८२ संगै २०७५ माघ २३ गते आधिकारिकता पाएको बताए ।पुर्वछानेहरुले एकमात्रै सस्था तदर्थ समितिले चाडै नै सबै प्रदेश, जिल्ला, पालिका, वडा र बस्तिमा कार्य समिति तयार चाडै अधिवेसन गरि लोक प्रिय पदाधिकारीहरुको संस्था बन्ने केन्द्रिय तदर्थ समितिका महासचिव जयराम पुर्वछानेले बताए । इलामका माई नगरपालिका ८ का खगेन्द्र पूर्वछानेले पर्वछानेहरुको कूल पूजा विद्यि र पद्धती फरक परेकाले अन्यौल भएको बताए । इलाम कै भिम पूर्वछाने पुर्वछानेको उद्गम स्थल सबैले जानकारी पाउनु पर्ने जिज्ञासा राखे । उनले कतिपय पुर्वछानेहरुले थरमा थापा मगर लेखेकाले थापाले लेखेका सबै मगरहरु पुर्वछाने भएको जिकिर गरे । धनुषाका बलबहादुर पुर्वछानेले अनुशासति कार्य समितिले काम गर्नु पर्ने बताए । एकै गोत्रका देश तथा विदेशमा भएका पुर्वछानेहरु नेपाल अधिराज्य भरि र भारतको सिक्कीम र दार्जिलिङ्गमा समेत रहेका छन् । पुर्वछानेको देवलीमा धाँमी नहुँदा समस्या भएको गुनासो मोरङ्गका मदन पुर्वछानले राखे । पुर्वछानेहरु ८, १२ र ७ भाईको भएको सहभागिहरुले राखेको जिज्ञासामा जवाफ दिदैँ मोरङ्ग बेलबारीका ज्येष्ठ व्यक्तित्व पतिराम पुर्वछानेले यस विषयमा विवाद नभएको बताए । उदयपुरको बेलका नगरपालिका वडा न.६ का वडाअध्यक्ष वसन्त पुर्वछानेले वंशावलि पुस्तक फोटो सहितको प्रकाशन गर्नु पर्ने बताए । उनले राज्यको निर्णायक तहमा पुर्वछानेहरु पुग्नु पर्ने बताए । भेलामा सहभागि हुन नसकेका दिग्गज, बुद्धिजिवी पुर्वछानेको अभिलेखिकरण गरि उनिहरुको सस्था प्रतिको सोच विचार र अनुसन्धान मुलक पुस्तकहरु प्रकाशन गर्नु पर्ने आयोजकले बताएको छ ।
भेलामा उदयपुरका सहभागि उदयपुरगढि गाउँपालिकाका पदम पुर्वछाने मगरसंघले पर्वछानेहरु एक हुनुको विकल्प नभएको बताए । प्रदेश स्तरिय भेला प्रदेश १ का ७ जिल्ला, प्रदेश २ बाट धनुषा र सलार्ही र प्रदेश न.ं३ को रामेछापका सहभागि थिए । प्रदेश न.ं १ स्तरिय तदर्थ ९ सदस्यीय कार्य समिति सर्व सहमतिमा चयन भएको छ । मोरङ्गका मदन पुर्वछाने अध्यक्षतामा कार्य समितिमा सुनसरीका प्रेम पुर्वछाने उपाध्यक्ष, इलामका विरबहादुर पुर्वछाने महासचिव, उदयपुरका पदम पुर्वछाने सचिव, खोटाङ्गकी पुण्यकुमारी पुर्वछाने कोषाध्यक्ष रहेका छन् । सदस्यहरुमा झापाका मंगल पुर्वछाने, तेह्रथुमका काजीमान पुर्वछाने, सुनसरीका निश्चल पर्वछाने, मोरङ्गका धनबहादुर पुर्वछाने रहेका छन् । प्रदेश न.ं २ को आयोजक समितिको संयोजकमा धनुषा बलबहादुर पुर्वछाने रहेको छ । भेलामा जेष्ठ व्यक्तित्व मोरङ्गबाट पतिराम पुर्वछाने, धनुषाबाट बलबहादुर पुर्वछाने, तेह्रथुमबाट प्रेम पुर्वछाने आदि रहेका थिए । महेन्द्र बहुमुखि क्याम्पस मोरङ्गका उप प्रध्यापक केशर बहादुर पुर्वछाने, बेलका ६ का वडा अध्यक्ष बसन्त मगर आदिको उपस्थिती रहेको थियो । प्रदेश नम्बर १ का उदयपुर, सुनसरी, झापा, मोरङ्ग, खोटाङ्ग, तेह्रथुम, इलाम आदि जिल्लाका प’र्वछानेहरु सहभागि थिए भने प्रदेश न.ं २ को धन’षा, सर्लाही आदि र प्रदेश न. ३ बाट रामेछाप लगायतका जिल्लाबाट ५० बढिको सहभागिता रहेको थियो ।


