सुमन सागर/ बेलका
बेलका नगरपालिका वडा नं ९ सेवाकेन्द्रमा नगर अस्पताल सुभारम्भ भएको छ । मिति २०७७।१०।३० गते शुक्रवारका दिन नेपाल सरकारकाे प्रदेश नं १ का प्रदेश सभा सदस्य दोय बिमल कार्की र अम्बिका थापा र बेलका नगर प्रमुख दुर्गाकुमार थापा र उप प्रमुख राज कुमारी चौधरीले
नगर अस्पताल समुद्घाटन गर्नुभएको छ ।
स्वास्थ्यको क्षेत्रमा उल्लेखनिय काम गर्दै आएको बेलका नगरपालिका सम्पूर्ण जनप्रतिनिधीको पहलमा नगरपालिकाले आफ्नै अस्पताल सुभारम्भ गर्न सफल भएको छ ।
५ शैयाको नगर अस्पताल निर्माण भए पश्चात् स्थानियलाई सहज हुने बिस्वास लिइएको छ।
नेपाल सरकारले अघि सारेको स्वास्थ्य बिमा कार्यक्रम फाल्गुन १ गते देखि लागू हुने गरि स्वास्थ्य बिमा कार्ड बितरण गरेको छ।

उद्घाटन समारोहमा प्रदेश सभा सदस्य बिमल कार्की र अम्बिका थापाले अस्पतालको निरिक्षण साथै अस्पताल समितिका सदस्य सङ्ग छलफल तथा परामर्श गरेका छन।
२०७७ माघ २९ गते बसेको कार्यपालिका बैठकले स्वास्थ्य चौकी लाई मर्मत गरि नगर अस्पताल निर्माण गर्ने निर्णय बमोजिम २५ लाख रुपैयाँ बिनियोजन गरि ५ शैयाको नगर अस्पताल निर्माण गरिएको बेलका नगरप्रमुख दुर्गा कुमार थापाले बताए। नगर प्रमुख थापाले अस्पताल लाई ब्याबस्थित बनाउन समिती गठन गरिएको छ, अस्पतालमा आबस्यक भैतिक सामाग्री भिडियो एक्स रे, ल्याब , आधुनिक बेड र ११ सय ३३ प्रकारका औषधि उपलब्ध गराउन आफनै फार्मेसी स्थापना गर्ने बताएका छन।
नेपाल सरकारले अघि सारेको स्वास्थ्य बिमा कार्यक्रमलाई सफल बनाउन बेलका सरकारले नगर अस्पताल निर्माण गरेको छ, बेलका नगरका अति बिपन्न , असहाय लाई नगर अस्पताल निर्माण सङै स्वास्थ्यको क्षेत्रमा पहुँच पुग्ने बेलका नगरपालिका वडा नं ९ का वडा अध्यक्ष मोहन प्रसाद घिमिरेले बताएका छन। भौतिक संरचना देखि जनसक्ती सम्म ब्यापस्थापनमा लागेको अध्यक्ष घिमिरेले बताए।


