सुमन सागर/ बेलका
” सम्मानित जीवन, समाबेशी पुर्वाधार ,
समाजवाद उन्मुख बेलका नगर” भन्ने नाराका साथ बेलका नगरपालिकाको सातौ नगर सभा बेलका नगरपालिकाको सभा हलमा शुक्रवार सम्पन्न भएको छ।

प्रदेश सभा सदस्य बिमल कार्की र अम्बिका थापाले संयुक्त रुपमा पानसमा बत्ती बालेर सातौ नगरसभा उद्घाटन गरेका छन।
सातौं नगरसभाका सभा अध्यक्ष बेलका नगर प्रमुख दुर्गा कुमार थापाले स्थानीय तहहरु मध्ये बेलका नगरपालिकाले नेपालकै पहिलो स्थानीय वन ऎन निर्माण गरि सातौ नगरसभा बाट पारित भएको बताएका छन। हिउँदे अधिवेशनमा कानुन निर्माण गरि अनुमोदन गर्नु पर्ने भएकाले बेलका नगरपालिकाले विभिन्न कानुन निर्माण गरि बेलकाको बिकासको लागि विभिन्न निकाय सङ्ग छलफल र सहकार्य गरेको नगर प्रमुख थापाले बताए।
युवा स्वोरोजगार , सडक कालोपत्रे , खेलकुदको क्षेत्र, सिचाइ , कृषिमा यान्त्रिकिकरणमा बेलका नगरपालिकाले निकै महत्त्वपूर्ण काम गरेको र बिकास निर्माणका अधुरा कामहरुलाई प्राथमिकताका आधारमा राखेर काम गर्ने मेयर थापाले बताए।
हामिले स्वास्थ्य बिमाको कार्यक्रम लाई प्राथमिकताको आधारमा राखेर कामलाई तिब्रता दीएका छौ , स्वास्थ्य , शिक्षाको भौतिक संरचना निर्माण , आधुनिक बस पार्क , चिस्यान केन्द्र, को ठेक्का लागि सकेकोले कामलाई तिब्रता दिने मेयर थापाले जोड दिए।

कार्यक्रमका प्रमुख अतिथी प्रदेश सभा सदस्य बिमल कार्किले प्रदेश सरकारले स्थानीय तहको बिकासका लागि साझेदारी भएर जाने बताए। बेलकाको बिकासका लागि नदि खोला नियन्त्रण , सडक बिस्तार , भौतिक पुर्वाधार , को लागि रकम बिनियोजन गरेको प्रदेश सभा सद्स्य कार्किले बताए। बेलका ८ र ७ मा पर्ने कोशी करिडोर लाई पर्यटकिय गन्तब्य रुपमा बिकास गर्ने प्रदेश सरकारले प्राबिधिक सर्भे गरि ८० लाख बराबर रकम बिनियोजित भएको र अबको युगमा परम्परागत भन्दा आधुनिक र यान्त्रिकिकरण अनुरुप बिकास निर्माणमा जोड दिनुपर्ने सांसद बिमल कार्किले बताए।
कार्यक्रमका बिशेश अतिथी प्रदेश सभा सदस्य अम्बिका थापाले बेलका नगरपालिकाको बिकास र समृद्दमा सबैको साझेदारी र सहकार्य देख्दा आफू खुशी भएको बताइन। कुनै समयको कालापानी भनेर चिनिने बेलका नगरले बिकासमा फट्को मार्दै सुगम र बिकसित भएको भन्दै बेलकाको बिकासमा प्रदेश सरकार बाट हुने सहयोगमा कुनै कन्जुस्याइँ नगर्ने बताइन।
बेलका नगरपालिका उप प्रमुख राजकुमारी चौधरिले बेलकाको बिकासमा सबै जनप्रतिनिधिले देखाएको जोश जांगरले बेलका नगर छिट्टै समाजबादमा उन्मुख हुने बताइन् ।
बेलकाको बिकासको निम्ति बेलका नगरपालिकाले खेलेको भुमिका निकै महत्वपूर्ण भएको उप प्रमुख चौधरीले बताइन।
कार्यक्रममा विभिन्न राजनैतिक दलका प्रतिनिधि , नगरसल्लाहकारहरुले कार्यक्रम सफलताको शुभकामना ब्यक्त गरेका हुन।


