Site icon Our Belaka

पुर्व मन्त्री डा. नारायण खड्काले गरे रामपुर खानेपानीको निरीक्षण

बेलका नगरपालिका वडा नं ९ मा रहेको रामपुर गुणस्तरीय खानेपानीको पुर्व सहरी बिकास मन्त्री साथै उदयपुर क्षेत्र नं १ का विघठित प्रतिनिधिसभा सदस्य डा नारायण खड्काले निरीक्षण तथा अबलोकन गरेका छन ।
खानेपानीको समस्या भोग्दै आएक रामपुर बासिलाई गुणस्तरीय खानेपानीको ब्याबस्था गर्न आवस्यक पर्ने उपकरण ,४ लाख लिटर पानी स्टक ट्याङ्की र बासिरङ्ग देखिको पानी ट्याङ्की सम्म ल्याउन आवस्यक पर्ने दुई लाइन पायपको रामपुर गुणस्तरीय खानेपनीका अध्यक्ष भबनाथ घिमिरेले माग गरेका थिए।

सम्बोधनका क्रममा पुर्व मन्त्री खड्काले आफू सांसद हुदा देखि नि समग्र बेलकाको बिकासमा लागि पर्दै आएको बताए। खानेपानीको क्षेत्रमा , शैक्षिक क्षेत्र , पुर्वाधार बिकासको क्षेत्रमा उदयपुरमा धेरै बिकास भएको भन्दै रामपुरको खानेपानीको समस्या समाधान गर्न समिती तयार गरि वडा र नगरपालिकाको सिफारिस साथ प्राबिधिक स्टामेट अनुसार पेश गर्न निर्देशन दिदै आगामी बजेटम सुनिश्चित गर्ने प्रतिबद्धता ब्याक्त गरेका छन। अहिलेको खानेपानीको संरचना आफुले नि शुरूवात गरेकोले खानेपानीको दिगो ब्याबस्थापन पनि आफैले गर्ने डा खड्काले बताएका छन।
स्थानीय बुद्धिजीवी , खानेपानी उपभोक्ताको उपस्थितिमा भएको कार्यक्रममा भबनाथ घिमिरेले संचालन गरेको मिनि चिडियाखानाको समेत डा खड्काले अबलोकन गरेका छन।

Exit mobile version