नेपालका दुई ठुला कम्युनिष्ट पार्टी माओवादी र एमाले को एकता पछी बनेको नेकपा बने सगै देशकै ठुलो पार्टी बनेको केही बर्षमै फुटको संघरमा छ ।
नेकपा अध्यक्ष तथा प्रधानमन्त्री समेत रहेका केपि शर्मा ओलिले पुष ५ गते प्रतिनिधिसभा विघटन गरेपछि पार्टी फुट्को दिशामा अगाडि बढेको छ ।
उदयपुरको बेलका नगरपालिकामा पनि नेकपा आ आफ्नो समुहमा बिभाजित भएको छ ।
प्रचण्ड – माधब समुह र ओलि -बादल समुह देखिएको छ ।
तत्कालीन ८१ सदस्य नगरकमिटी र २७ सदस्य सचिबालय रहेको बेलका नगरकमिटि औपचारिक रूपमा फुट नभय पनि आ आफ्नो कार्यक्रम गर्दै आएको छ।
तत्कालीन अध्यक्ष मनोज तामाङ र सचिव गणेश बस्नेत एक आपसमा छुटिएको छ्न । तामाङ / प्रचण्ड – माधब समुहका बेलका अध्यक्ष भएको छ्न भने बस्नेत/ ओलि -बादल समुह बेलका को अध्यक्ष भएको छ्न त्यसैगरी सचीवमा प्रचण्ड – माधब समुहमा तत्कालीन नगर सचिबालय सदस्य हिराजङ राई भएको छ्न भने ओलि-बादल समुहमा तत्कालीन नगरसचिबालय सदस्य नुनिराम राई भएको छ्न।
बेलका नगरकमिटी बाट जिल्ला सदस्यमा प्रतिनिधित्व गर्ने ९ सदस्य जिल्ला कमिटीमा केही समय अगाडि सम्म प्रचण्ड – माधब समुहमा ७ र ओलि -बादल समुहमा २ जना भयपनी ओलि – बादल समुहमा ३ जना पुगेको छ्न ।
नगरप्रमुख दुर्गा कुमार थापाको सल्लाहकार तथा नेकपा उदयपुर जिल्ला सदस्य उदय प्रसाद अधिकारीले राजीनामा दिएपनी ओलि – बादल समुहमा फर्किएको छ्न।
केही समय अगाडि ७० % प्रचण्ड -माधब /३० % ओलि-बादल जस्तै देखियपनि हाल आयर साङ्ठनिक संरचना ६०% प्रचण्ड – माधब- (४०% ओलि – बादल )मा खुलेको छ्न । केही नगरसदस्य पार्टीको आधिकारिक फुट नभय सम्म कतै नखुलने पक्षमा छ्न , नगरसचिबालय सदस्य तथा बेलकाका नेता पुस्प सुवेदी लगायत केही नेताहरु कतै खुलेको छैनन।
प्रचण्ड – माधब समुहले असंबैधानिक कदमको विरुद्ध चरणबद्द रूपमा विभिन्न खालको आन्दोलन देशब्यापी रूपमा गर्दै आएको छ्न भने ओलि – बादल समुहले पनि चुनावको तयारीको लागि देशब्यपि रूपमा भेला ,सभा गर्दै आएको छ्न ।
प्रधानमन्त्री ओलिले यहि बैशाख १७/२७ गते चुनाव गर्ने तयारी गरेपनी प्रचण्ड- माधब लगायत समाजबादि पार्टीले प्रतिगमन विरुद्ध सडक आन्दोलनमा छ सरकारपक्षले चुनाव तयारी गरिरहेको छ देशकै ठुलो राजनीतिक दल कांग्रेसले आन्दोलन पनि गरिरहेको छ भने अदालतको निर्णय जस्तो आएपनी स्वीकार्ने तयारीमा छ।
बेलका नगरपालिकामा ओलि- बादल समुहका नेता दुर्गा कुमार थापाको नेतृत्व स्थानीय सत्ता छ जो उदयपुर राजनीतिमा चतुर तथा बौद्धिक नेतामा मानिन्छ्न । नगरप्रमुख तथा उपप्रमुख लगायत ४ जना वार्ड अध्यक्ष थापाको नेतृत्वमा छ्न भने ३ जना अध्यक्ष प्रचण्ड – माधब समुहमा छ्न ।
प्रचण्ड- माधब समुहमा बेलका इन्चार्ज धनपती आचर्य र सह – इन्चार्ज राकेश किराँती भएको छ्न भने ओलि- बादल समुहले टुङ्याउन बाकी रहेको छ । तत्कालीन नेकपाका नेता तथा कार्यकर्ता आ आफ्नो समुहमा लियाउन / तान्न प्रयासरत छ्न दुबै समुहका नेता ।


