आवर बेलका/ ट्राफिक प्रहरी पोस्ट रामपुरले ट्राफिक नियम उल्लङ्घन गर्ने लगायत अन्य सेवाग्राहीलाई सम्मानको लागि ‘नमस्कार’अभियान सुरु गरेको छ ।
सडकमा तैनाथ ट्राफिक प्रहरीले सवारी नियम उल्लंघन गर्ने चालकलाई कारवाही गर्नुभन्दा पहिले नमस्कार गर्दछन् । त्यसपछि आवश्यकताअनुसार कानुन कार्यान्वयनका लागि कारवाही गर्दछन् नत्र सम्झाइ बुझाइ गर्दछन् र ट्राफिक नियम पालनामा सर्तक रही प्रवृत्तिको विकास गर्न सुझाउँदछन् ।
‘ट्राफिक कार्यालय र ट्राफिक प्रहरीहरूको सम्पर्कमा आउने सबै नागरिकहरूलाई नमस्कार शब्द प्रयोग गरी दुवै हात जोडेर एकआपसमा आत्मीयता र सम्मान समेत प्रकट होस् भनेर नमस्कार शुरूवात गरेका हौं’, ट्राफिक प्रमुख रामपुरका प्रमुख दल बहादुर खत्री भने – ‘नेपालीको परम्परा नै हो, नयाँ कुरो होइन तर यसलाई पुनर्जागरण गर्न सके एकआपसमा श्रद्धासमेत बढ्नेछ ।’ यो काम वैज्ञानिक दृष्टिले समेत उपयुक्त रहेको उनको भनाइ छ ।

यसैबीच, आज बाट पुर्ण रूपमा हर्न निषेधित गरिएको छ यस्लाइ पुर्ण रूपमा पालना गर्नको लागि कानुन कार्यान्वयनको कामलाई कडाइका साथ कार्यान्वयन गरेको हौ ।
‘गल्ती रियलाईज होस्, अब गल्ती गर्न हुँदैन भन्ने भाव बुझुन् भनेर यो अभियान शुरु गरेका हौँ,’ ट्राफिक पोस्ट रामपुरका चन्द्र बुढाथोकीले भने, ‘यसले सवारी चालक र ट्राफिक प्रहरीवीच एक-आपसमा सद्भाव बढ्नुको साथै चालकलाई स्व-अनुशासनमा सवारी साधन चलाउन मद्दत पुग्छ ।’

यसैबीच सडक दुर्घटना न्यूनीकरण गर्नको लागि बेलकाको विभिन्न ठाउँमा ब्यारिकेट तथा जनचेतनामुलक बोर्ड इलाका प्रहरी कार्यलय रामपुर र ट्राफिक कार्यलय रामपुरले गरिरहेको छ ।


