बेलकामा सुबिधा सप्पन्न होटल संचालनमा
बिगत ३ बर्ष अगाडि बाट होटेल ब्यबसायी गर्दै आएका बेलका नगरपालिका -९ का एक दम्पतिले अर्को सुबिधासम्पन होटल बेलका -९ रामपुर बजारमा संचालनमा लियाएका छन।
नमस्ते होटल नामको सुबिधासम्पन होटल ३ बर्ष अगाडि बाट सबै ग्राहकको रोजाइमा पर्दै आएको होटेल हो । विशेषगरी म.म र चिकेन रोस्ट्र एकपटक खाएपछि अर्को पटक ग्राहक सम्झिएर आउने गरेको बताय संचालक पर्सुराम भट्टराईले ।
लामो समयसम्म त्रिभुवन एअरपोर्टमा रोजगार गरेका भट्टराईले आफ्नै स्थानीय ठाउँमा स्वरोजगार बन्नको लागि ठेलाबाट आफनो ब्यबसाय गरेका हुन।
निरंतरताको लगानी ,परिश्रम ,अथक मेहनतको प्रयासले दिनहु सयौ ग्राहक आउने गरेको बताइन पर्सुरामकि श्रीमती देबि (बस्नेत ) भट्टराईले ।
एक लाख पुजीबाट सुरुवात गरिएको होटेलले आफ्नो छुटै अर्को साखा खोलेको हो ।
३० लाख रुपैयाको लगानिमा बेलका नगरपालिका रामपुर बजारमा रेस्टुरेन्ट बार तथा क्याफे स्टाइलबाट खोलिएको ” नमस्ते होटेलको फागुन १२ गतेबाट बिधिवत रूपमा संचालनमा आएको हो।
इटहरी ,बिराटनगर ,धरानमा पाइने जस्तै खानेकुरा अब नमस्ते होटेलबाट पाइने छ ।
३ बर्ष अगाडि स्थापना गरिएको १ लाख पुजिबाट संचालन भएको होटेलमा हाल दुबै होटेलमा गरि १० जना काम गर्ने मजदुर छ्न भने २ जना वेटरको तत्काल खाचो रहेको बताय भट्टराईले ।
मिजासिलो स्वाभाब भएका ,कम बोल्ने भट्टराईको आफ्नो छुट्टै पहिचान बोकेर होटेल ब्यबसाय गरेको बताय । स्थापना गर्दा कसैले नपत्याएको र आफुले निरन्तर मेहनत गरेर आज ३० लाखको लगानिमा अर्को होटल खोलिएको बताय।
भट्टराईले आफू जस्तै अरु युवायुवतिले पनि स्वरोजगार बन्नको लागि केही न केही काम गर्ने हो भने आत्मनिर्भर बन्न कठिन नहुने बताय ।
स्थानीय समाजसेवी गोपाल भट्टराईका जेठाको छोराको रूपमा स्थापित पर्सुरामको आफ्नो सहोदर भाइ गोपाल भट्टराईका कान्छो छोरा नबराज भट्टराईले पनि बेलका -९ रामपुर बजार पुरानो ठाना चोकमा कन्चनजङ्गा होटेल खोलेका छन! उक्त होटल पनि ग्राहकको रोजाइमा परेको हो।
पर्सुरामले होटल गरेपछि वैवाहिक जिवनमा परिणत भय हाल २ सन्तान छ्न पर्सुराम र देविकाको
नमस्ते होटलमा विशेषगरी मम,रोस्ट्,भुटन,खाजासेट, चाउमिन,कफि ,थुप्पा, हुक्का ,लगायत तारे होटलमा पाइने चिजबिज समेत पाइने बताय ।
