NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
समाचार

बेलकामा चक्लाबन्दी खेती गर्ने किसानलाई २५ वटा मेसिन हस्तान्तरण

1 Mins read

भूमिको बढ्दो खण्डीकरण एवं जग्गा बाँझो राख्ने प्रवृत्तिलाई निरुत्साहित गर्दै कृषि उत्पादन तथा उत्पादकत्व वृद्धिका लागि बेलका नगरपालिकाले गत वर्षबाट चक्लाबन्दी कार्यक्रम शुरु गरेको छ ।
उदयपुरको बेलका नगरपालिका–१ तपेस्वरिमा जमिन चक्लाबन्दी गरी खेतीको तयारी गरिँदै आएको छ । चक्लाबन्दीबाट उत्पादन वृद्धि र बाली लगाउन सहज भएपछि यहाँका सयौ कृषकले हजारौं हेक्टर जमिनमा चक्लाबन्दी गरी सामूहिक खेती गर्ने योजनामा गत बर्ष बाट हुँदै आएको हो ।
नगरपालिकाले आफ्नो विभिन्न ठाउँमा चक्लाबन्दी खेती गरिरहेको र विशेषगरी त्रियुगानदि पसेर बलौटे बनाएको माटोलाइ नगरपालिकाको अगुवाइमा सामुहिक खेती गरिएको हो।
निर्वाहमुखी कृषि प्रणालीलाई आधुनिक र व्यावसायिक बनाई उत्पादन वृद्धि गर्न सञ्चालित जमिन चक्लाबन्दी कार्यक्रम प्रभावकारी भएपछि बेलका का किसान खुशी भएका छन् ।


भूमिको बढ्दो खण्डीकरण एवं जग्गा बाँझो राख्ने प्रवृत्तिलाई निरुत्साहित गर्दै कृषि उत्पादन तथा उत्पादकत्व वृद्धिका लागि गत वर्षबाट सो कार्यक्रम शुरु गरिएको हो । यसबाट खेतीबाली लगाउन सहज हुनाका साथै कम लागतमै उत्पादन वृद्धि भएको यहाँका किसानको अनुभव छ । त्यसैले यस कार्यक्रमले छोटो समयमै थप कृषकलाई पनि आकर्षित गरेको छ । 
एक कार्यक्रम गरि तपेस्वरीमा सामुहिक चक्लाबन्दी खेती गर्ने कृषकलाइ २५ वटा मोटर (पानी तान्ने) मेसिन बेलका नगरपालिकाको नगरप्रमुख दुर्गा कुमार थापा (स्वस्ती)ले कृषकहरुलाइ दिएको हुन।
सिचाइ सामग्री हस्तान्तरण कार्यक्रममा बेलका नगरपालिका प्रमुख दुर्गा कुमार थापा ,उपप्रमुख राजकुमारी चौधरी ,प्रमुख प्रशासकिय अधिकृत अर्जुन निरौला,वार्ड अध्यक्ष हरु दिनेस्वर चौधरी ,मोहन प्रसाद घिमिरे ,मिश्रीलाल चौधरी लगायत विभिन्न ब्याक्तीहरुको उपस्थितमा सिचाइ सामग्री हस्तान्तरण गरिएको हो ।
बेलका नगरपालिकाले आफ्नो नगरभित्रका किसानलाइ धनी,आत्मनिर्भर ,स्वरोजगार ,निरोगी बनाउन उत्पादन मा हाम्रो साथ बस्दिन म खाली हात भन्ने मुल नारा लिएर अगाडि बढेको छ । जहा नगरपालिका हुनु अगाडि १०० घर परिबारमा २२ घरलाइ ३ महिना खान पुग्ने उत्पादन हुन्थ्यो भने हाल १०० घर परिबारमा ९ परिबारमा झरेको छ ।निकै ठुलो मेहनत र ठुलो बजेट बेलका नगरपालिकाले कृषि तथा उत्पादनमा लगाएको हुदा किसान खुसी भएको बताय स्थानीय कृषल नन्दिलाल चौधरी ।

बढ्दो प्रबिधिको बिकास ,अल्छि मन ,वैदेशिक रोजगारको भर ,सिचाइको असुबिधा ,उन्नत जातको बिउ नै किसान बन्न गार्‍हो हुँदै आएको हो । गत बर्ष ४५ लाखको तारघेरा बार लगायत ३५ लाखको मकै खेती कार्यक्रम गरिएको बताय एक नम्बर वार्ड अध्यक्ष दिनेस्वर चौधरीले ।
२५ लाख वार्ड्को बजेट बाट सुरुगरिएको सामुहिक चक्लाबन्दी खेतिमा १०० घर परिबार भन्दा धेरै सङ्ग्लन भएको बताय ।त्रियुगा नदिले धार परिवर्तन गर्दा राम्रो जग्गा बिग्ररेको र बिग्रेको जग्गालाइ सबैको प्रयासमा चक्लाबनदि खेती गरिएको बताय।
कृषियोग्य जमिनमा उत्पादन र उत्पादकत्व वृद्धि गर्न स–साना कित्ताका जमिनलाई एकीकृत गरी सामूहिक खेतीका माध्यमबाट टुक्रे उत्पादनको प्रवृत्तिलाई अन्त्य गर्ने लक्ष्य बेलका सरकारको रहेको बताय वार्ड अध्यक्ष मोहन प्रसाद घिमिरेले ।

कृषिको आधूनिकीकरणका माध्यमबाट ठूलो क्षेत्रमा एकैखालको कृषि बाली लगाउने सरकारको नीति छ । सङ्घीय सरकारले समेत आगामी आव विसं २०७६/७७
को वार्षिक नीति कार्यक्रममा समेत चक्लाबन्दी कार्यक्रमबारे उल्लेख गरेको छ ।
खाद्य तथा कृषि सङ्गठनको सहयोग भएको कार्यक्रममा बेलका नगरपालिकले आयोजना गरेको हो ।
कार्यक्रममा ज्याक प्लानट्बाट मकै रोपिएको हो
जनशक्ति को अभाव मा यान्त्रिकरनको बिकास लाई अगाडि बढाउन यो कार्य गरिएको बताय कृषि इन्जिनियर बुद्धि तिमिल्सिनाले ।

उपप्रमुख चौधरीले कृषिमा महिला सहभागीता र चक्लाबन्दि खेतिबाट विशेषगरी थारु महिला आत्मनिर्भर बनेकोमा खुसी व्यक्त गरिन। चक्लाबन्दी खेतिको लागि सबैलाई आग्रह समेत गरिन।
बेलका नगरपालिकाका नगरप्रमुख थापाले आफू मेयर भयदेखी धेरै काम गरेको र सबैभन्दा धेरै कृषिमा जनतालाइ आत्मनिर्भर ,स्वरोजगार ,निरोगी जनता ,प्रबिधि मैत्री जनता ,गरिखाने जनता बनाउन रात दिन नभनी काम गरेको बताय।
नदिले धार परिवर्तन गरेपछि बलौटे भएको जग्गालाई बाध बाधेर ,जंगलीजनाबरको लागि सुरर्क्षाको लागि तार बेरा गरेर कृषिलाई यान्त्रिककरण गर्न मेसिन,ट्याक्टर ,लगायत आवश्यक चिज लियएको वताय । आफू मेयर हुदा २१ वटा कृषि समुह रहेको तर हाल ३०० भन्दा कृषि सस्था दर्ता भएर काम गरिरहेको बताय। चक्लाबन्दी गरिएको ठान्दै छिटै बिजुली बत्तिको प्रबन्ध गर्न लागिएको बताय।
युवाहरुलाइ स्वरोजगार बनाउ घुम्ती कोषबाट सस्तो ब्याज ३% मा बिना धितो ऋण उपलब्ध गराउने प्रतिबद्धता जनाय।
चक्लाबन्दि सगै सगै दलितलाई करार खेती मा लियायर आकर्षण गरिएको हो। विभिन्न दातृ निकाय तथा विभिन्न संघ सस्थाले बेलकामा काम गर्न लागेको प्रष्ट पारे।
परम्परागत र निर्वाहमुखी खेती प्रणालीको रुपान्तरण गरी व्यावसायिक उत्पादन  गर्ने र रोजगारीका अवसर सिर्जना गर्नु चक्लाबन्दी कार्यक्रमको प्रमुख उद्देश्य हो”, थापाले भने, “गत वर्षभन्दा यस वर्ष कृषकको आकर्षण बढेको छ, कृषि उत्पादन तथा व्यावसायिक हुने अन्य कार्यक्रमलाई समेत आगामी दिनमा चक्लाबन्दी कार्यक्रमसँग आबद्ध गरी लैजाने योजनामा छौँ ।”

Related posts
समाचार

बुद्ध चोकमा भगवान बुद्धको मूर्ति अनावरण

1 Mins read
रामपुर- बेलका नगरपालिका-३ स्थित बुद्धचोकमा भगवान बुद्धको मूर्ति अनावरण गरिएको छ । बेलका नगरपालिकाका नगर प्रमुख अशोक कार्कीले बिहीबार बुद्ध मूर्तिको अनावरण…
FEATUREसमाचार

मोबाइल पत्रकारितामा बेलकाका युवाको आकर्षण, पाँच दिने मल्टिमिडिया प्रशिक्षणमा २५ युवा सहभागी

1 Mins read
रामपुर– बेलका मिडिया प्रालिको आयोजनामा ५ दिनसम्म आयोजना गरिएको मल्टिमिडिया मोबाइल पत्रकारिता तालिमको सोमबार समापन गरिएको छ । बेलकाका २५ युवा सकृयतापूर्वक…
FEATUREसमाचार

झोलुङ्गे पुलले जोडिँदै चतराधाम र महाङ्काली मन्दिर

1 Mins read
रामपुर– सप्तकोशी नदीले छुट्याएको सुनसरी र उदयपुरका धार्मिक तीर्थ जोड्न झोलुङ्गे पुल लगाइने भएको छ । सुनसरीको चतराधाम र उदयपुरको बेलकातर्फ पर्ने…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *