१११ औं अन्तर्राष्ट्रिय अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस विश्वभर विविध कार्यक्रम गरी आज मनाइएको छ ।
हरेक वर्ष मार्च ८ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर महिला दिवस मनाउने प्रचलन छ ।
राजनीतिक तवरबाट शुरु भएको भए पनि हाल महिला अधिकार, महिला सशक्तीकरण र लैंगिक समानता, लैंगिक विभेद तथा हिंहा उन्मूलन आदि सवालहरू अन्तर्राष्ट्रिय महिला दिवसका विषयहरू हुने गरेका छन् ।
सर्वप्रथम् १९०९ फेब्रुअरी २८ मा नारीदिवस मनाइएको थियो । सो मितिमा पहिलोपटक संयुक्त राज्य अमेरिकाको सोशलिस्ट पार्टीले त्यहाँको एक कपडा उद्योगका महिला मजदूूरहरुको विद्रोहको सम्झनामा यस दिवसको आयोजना गरेको थियो ।
१९१० मा महिलाहरूलाई मत हाल्ने अधिकार सुनिस्चित गर्ने उद्देश्यको साथ यसलाई अन्तराष्ट्रिय दर्जा प्रदान गरिएको थियो । १९१७ मा रसियाका महिलाहरूले, महिला दिवसमा गास र कपासको लागि हड्तालमा जाने निर्णय गरे ।
फेब्रुअरीको अन्तिम आइतबार २३ फेब्रुअरी मा पथ्र्यो, जुन गे्रगरियन कयालेन्डर अनुसार ८ मार्च थियो । त्यसयता विश्वका सबै देशमा अन्तर्राष्ट्रिय नारी दिवस प्रत्येक मार्च ८ मा मनाइँदै आएको पाइन्छ ।
अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अकसरमा बेलका नगरपालिकामा विभिन्न कार्यक्रम गरि मनाइएको छ !
बेलका नगरपालिकाको वार्ड न -४ बाट निस्किएको श्रमिक महिलाहरुको जुलुसमा विभिन्न नारा लगायर गरिएको हो । (नारा)अन्तर्राष्ट्रिय महिला दिवस सफल पारौ !
महिला हिंसा अन्त्य गरौ !
समाबेसी समानुपातिक कायम गर!
बलात्कारिलाई फाँसी दे !
सम्पतिमा समान अधिकार !
बाल बिबाह अन्त्य गरौ !
महिला मजदुरको ज्याला पुरुष बराबर गरौ !
बालबिबाह कानुनी अपराध हो !
जस्ता नारा लगायर वार्ड न ४ को लालबजार परिक्रमा गरि कार्यक्रम गरिएको हो !
कार्यक्रममा वार्ड अध्यक्ष दिपक दङ्गाल ,उपमेयर राजकुमारी चौधरी ,माया ओलि कोइराला ,कल्पना कट्वाल ,मिना आचर्य, बिदुर दाहाल,पबित्रा बन लगायतले महिला अधिकारको बारेमा आ- आफ्ना भनाइ राखेका हुन ।
कार्यक्रम जनप्रतिनिधि तथा महिला नेतृ मिना आचर्यको संयोजकत्वमा भएको हो !


