सुमन सागर/ बेलका
बेलका नगरपालिका पशुपंक्षी तथा मत्स्य बिकास साखाले आर्थिक पारदर्शिता तथा उपभोक्ता लाई सहज बनाउने उदेश्यले अनुदानको रकम (चेक) घर घरमै पुगेर हस्तान्तरण गरेको छ।
काब्य वंगुर तथा कृषि फर्ममा पुगेर बेलका नगर उप प्रमुख राज कुमारी चौधरी र बेलका नगर प्रमुख प्रशासकीय अधिकृत अर्जुन निरौलाले संयुक्त रुपमा ५० हजारको चेक हस्तान्तरण गरेका छन।
बेलका नगरपालिकामा दर्ता भएर निरन्तर ब्याबसाय गर्दै आएका ब्याबसायिलाई छनोट गरि पशुपालनको क्षेत्रमा अनुदानको ब्याबस्था गरे बमोजिम घर घरमै गएर चेक हस्तान्तरण गरिएको पशुपंक्षी तथा मत्स्य बिकास साखा प्रमुख पुष्प बुढाथोकीले बताए।
उपभोक्ता लाई सहज बनाउन र आर्थिक अभाव भएर ब्याबसायमा पछाडि परेका ब्याक्तीलाई ब्याबसायमा निरन्तरता दिन अनुदान रकमको ब्याबस्था गरेको नगर उप प्रमुख राज कुमारी चौधरीले बताइन।
अनुदानको रकमा कागजी प्रक्रिया मिलाएर धेरै ठाउमा भुक्तानि गर्ने र ब्याबसाय नगर्ने भएकाले बेलका नगरपालिकाले अनुगमन निरीक्षण गरेर ब्याबसायिकै घरमा पुगेर मात्र भुक्तानी दिने बेलका नगर प्रमुख प्रशासकीय अधिकृत अर्जुन निरौलाले बताए।
आ ब ०७७/०७८ मा पशुपंक्षी तथा मत्स्य बिकास साखा बाट बगुर पालन गर्ने ब्याबसायिलाई नगरपालिका भरी बाट ९ जनालाई ५० हजारका दरले दिने ,भकारो सुधारमा ७२ जनालाई मुल्यांकन गरेर ५ हजार देखि २५ हजार सम्म दिने , दाना बनाउने मेसिन ५ वटा , च्याप कटर १० वटा, गाई भैंसी पालन गर्ने ब्याबसायिलाई मुल्यांकन गरेर नगरपालिका भरी बाट १ लाखका दरले ४ जनालाई प्रदान गर्ने पशुपंक्षी तथा मत्स्य बिकास साखाले जानकारी दिएको छ।


