Site icon Our Belaka

बेलकामा बैशाख बाट लालपुर्जा बितरण गरिने

सुमन सागर/ बेलका
बेलका नगरपालिकाले नगर भित्र रहेका ऎलानी जग्गाको लालपुर्जा बैशाख बाट बितरण गर्ने तयारी थालेको छ। भुमी समस्या समाधान सहजीकरण समिती को पांचौ बैठक बाट नगरको ३ नं वडाको रातापानी बाट बितरण गर्ने तयारी थालिने बेलका नगर प्रमुख दुर्गा कुमार थापाले बताए ।

पांचौ बैठकमा शुक्रबार भुमी सम्बन्धि समस्या आयोगका केन्द्रिय अध्यक्ष देवि ज्ञावाली, उदयपुर अध्यक्ष गोपाल खत्री लगाएत बिज्ञ टोलिले बेलका नगरपालिकाले भुमी सम्बन्धि गरेको कामको निरीक्षण समेत गरेको छ।

बैठकमा बोल्दै भुमी सम्बन्धि समस्या आयोगका केन्द्रिय अध्यक्ष देवि ज्ञावालीले बैशाखमा बेलका नगरपालिका बाट लालपुर्जा बितरणको काम थालनी हुने बताएका छन। देश भरी बाट भुमिको तथ्यांक संकलनमा बेलका नगरपालिका अगाडि रहेकाले कुनै प्राबिधिक समस्या नभए बितरण गरिने अध्यक्ष ज्ञावालिले बताए।

नयाँ बर्षमा लालपुर्जा दिने अन्तिम तयारिमा छौ तथ्यांक संकलन जि पिएस को माध्यम बाट नापजाँचको काम सकिएको छ। नागरिकलाई आफ्नो जग्गाको मालिक बनाउने अभियान अन्तरगत वडा नं ३ बाट लालपुर्जा बितरण गर्न लागेको बेलका नगर प्रमुख दुर्गा कुमार थापाले बताए। हामिले तिन तरिका बाट भुमिको काम गरेका छौ सेटलाइट, ड्रोन र टोटल स्टेसन । स्याटलाइट इमेजको काम ९७ प्रतिशत सम्पन्न भएको छ । बजार क्षेत्र र भिडभाड हुने स्थानमा टोटल स्टेसन बाट काम हुदै छ । आवस्यक पर्ने स्थानमा ड्रोन बाट समेत जग्गाको तथ्यांक संकलन भै रहेको नगर प्रमुख थापाले बताए।

बेलका नगरपालिका ,सि एस आर सि, राष्ट्रिय कृषक समूह महासंघ , भुमी अधिकार मंच को संयुक्त आर्थिक तथा प्राबिधिक सहयोगमा भुमी सम्बन्धि काम भै रहेको राष्ट्रिय कृषक समूह महासंघ बेलका नगर अध्यक्ष नारद निरौलाले बताएका छन।

Exit mobile version