Site icon Our Belaka

बेलकामा १२ औं रास्ट्रपति रनिङ्ग सिल्ड २०७७ उद्घाटन

नगर स्तरीय रास्ट्रपति रनिङ्ग सिल्ड बिधालय खेलकुद प्रतियोगिता बेलका नगरपालिका वडा नं ४ जनता नमुना माध्यामिक बिधालयमा सनिवार बाट सन्चालन भएको छ।

नगर उप प्रमुख राज कुमारी चौधरीले ब्यानर पढेर कार्यक्रमको उद्घाटन गरेकी हुन।
बेलका नगरपालिका शिक्षा शाखाको आयोजना र नगर स्तरीय युवा तथा खेलकुद बिकास समितिको सहयोगमा कार्यक्रम सन्चालन भएको हो।

भलिबल, कराते, एथेलेष्टिक अन्र्तगतका लामो तथा छोटो दूरीका दौड, त्रिपल जम्प, हाइ जम्प, लङ जम्प, ज्याभ्लिङ थ्रो, कपर्दीलगायतका १२ वटा खेल विधामा प्रतिष्पर्धा गराइने नगरको शिक्षा शाखाका प्रमुख सुनिल निरौलाले बताए।विभिन्न विधामा उत्कृष्ट हुने खेलाडीलाई उत्कृष्ट कप प्रदान गरिने प्रमुख निरौलाले जानकारी दिए।

नगरस्तरीय राष्ट्रपति रनिंग शिल्ड प्रतियोगिताको उद्घाटन गर्दै बेलका नगरपालिकाका उप प्रमुख राज कुमारी चौधरीले स्वस्थ नागरिक र स्वस्थ समाज निर्माणका लागि खेलकुद जरुरी रहेको बताउदै बेलका नगरपालिकाले खेलकुदको क्षेत्रलाई बिकास गर्दै जानेमा नगरपालिका प्रतिबद्ध रहेको बताइन। कार्यक्रम दुई दिन सम्म सन्चालन हुनेछ।

Exit mobile version