Site icon Our Belaka

बेलका- ३ कालिखोलामा डाक्टर खड्का द्वारा सभागृह सिलन्यास

बेलका नगरपालिका वडा नं ३ कालिखोलामा सभागृह भवन बन्ने भएको छ। संसदीय क्षेत्र बिकास कोष बाट ५ लाख बिनियोजन भए पश्चात् पुर्व शहरी बिकास मन्त्री डा नारायण खड्काले आइतबार औपचारिक कार्यक्रमका बिच सिलन्यास गरेका छन ।

स्थानीयको माग बमोजिम राधाकृष्ण मन्दिरको प्राङ्गणमा सभागृह भवन बन्ने भएको राधाकृष्ण मन्दिर ब्याबस्थापन समितिका अध्यक्ष सुमन सागर खतिवडाले बताए।


सिलन्यास कार्यक्रममा बोल्दै प्रमुख अतिथी डा नारायण खड्काले स्थानीयलाई हरेक भेला गोष्ठीमा एकत्रित भएर कार्यक्रम गर्न योग्य ठाउँ हुने बताए। स्थानीयको माग बमोजिम हरेक स्थानमा सहयोग गर्दै आएका खड्काले बेलका नगरपालिकाको बिकासमा आफुले सुरुवात देखि नै शिक्षा, स्वास्थ्य , सडक , भौतिक पुर्वाधारलाई प्राथमिकताको आधारमा रहेर काम गर्ने गरेको बताएका छन।

मन्दिरमा शौचालय निर्माण र मन्दिर रंगरोकन गर्न सहयोग गर्ने स्थानिय मन कुमार पौडेल र श्रीमति निरा पौडेललाई खादा र सम्मान पत्र ओढाएर सम्मान गरिएको थियो।

सिलन्यास कार्यक्रममा छाया सरकार प्रमुख अशोक कार्की, वडा नं ३ का वडा सभापति टंक आचार्य पाचकर्ण राइ, युवा नेता लभराज अधिकारी, दिपक कोइराला विकास खत्री लगायत स्थानियको बाक्लो उपस्थितिमा सम्पन्न भएको थियो।

Exit mobile version